सुर्खेत, १७ भाद्र । नेपाल युवा संस्था संजाल (आयोन) कर्णाली प्रदेशले आईतबार कर्णाली प्रदेश सरकारका सामाजीक विकास मन्त्री दल रावललाई पांच बुंदे मागपत्र बुझाएको छ ।
देशभर बालीकाहरु माथी भएका बलात्कार तथा हिंसाका घटना बढ्दै गर्दा कर्णाली प्रदेशमा यस्ता खालका घटना हुन नदिनको लागी पहल गर्नु पर्ने भन्दै संस्थाले मागपत्र बुझाएको आयोन कर्णाली प्रदेशका संयोजक चरित्राकुमारी केसीले बताएकी छन् ।
आयोको सदस्य संस्था मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) समन्वयमा अन्य सदस्य संस्थाहरु सामाजीक विकास तथा प्रर्वद्धन केन्द्र सुर्खेत, ग्रामीण विकास नेपाल कालीकोेट लगाएत युवाका क्षेत्रमा काम गरिरहेका दर्जन बढि संस्थाहरुले समेत यस कार्यमा ऐक्यवद्धता जनाएका छन् ।
स्थानिय तहका टोलटोलदेखी सबै ठांउमा बलात्कार बिरुद्धको अभियान संचालन गर्नुपर्ने, आम जनमानस देशको सुरक्षा व्यवस्थाप्रती विश्वस्त हुन सक्ने कार्यको सुनिश्चितता गर्नुपर्ने, कानुनले कसैलाई पनी विभेद नगरी दोषीलाई सजाय र पिडितलाई यथासक्य न्यायको आभाष दिलानुपर्ने भन्दै कर्णाली सरकारका सामाजीक विकास मन्त्रीलाई मागपत्र बुझाईएको छ ।
तपाईको प्रतिक्रिया