जनकपुरधाम, १९ भाद्र । भारतका सडक परिवहन राज्यमन्त्री मनसुख लक्ष्मणभाइ माण्डवीयाले जनकपुरधाममा सञ्चालित दुई ठूला भारतीय लगानीको परियोजनाहरुको निरीक्षण गरेका छन् ।
काठमाडौंबाट जनकपुर आएका भारतको केन्द्रीय सडक तथा परिवहन राज्यमन्त्री माण्डवीयाले झण्डै ६ अर्ब रुपैयाँको लागतमा निर्माणाधीन जनकपुर–जयनगर रेल्वेको निर्माण प्रगति र हुलाकी राजमार्गको निर्माण सम्बन्धी गतिविधिको निरीक्षण गरेका हुन् ।
जनकपुर आएलगत्तै जानकी मन्दिरमा पूजापाठ र दर्शन गरेका उनी त्यसपछि रेलमार्गको प्रगति निरीक्षण गर्न कुर्था पुगेका थिए ।
निर्माण कम्पनीका पदाधिकारीले अगामी डिसेम्बरसम्म एक महिने परीक्षण र त्यसपछि नियमित सञ्चालन गर्न सकिने जानकारी दिएका थिए । भारतको रेल्वे विभागका डीजीएम उमेश चन्द्र त्रिपाठीले उनलाई प्रगति र निर्माण सम्पन्न हुने समयबारे जानकारी गराएका थिए ।
तपाईको प्रतिक्रिया