राकेश यादव, रौतहट, २० भाद्र । समग्र विकास सेवा केन्द्र सम्पर्क कार्यालय रौतहटको आयोजनामा सार्वजानिक सुनवाई कार्यक्रम गौरस्थित नेपाल वार एशोसिएशनको सभाहलमा बुधवार सम्पन्न भएको छ ।
शान्ति स्थापना तथा प्रजातान्त्रिक विकासका लागि सीमान्तकृत मानिसहरुको सशक्तिकरण मूल उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा सहभागी महिलाहरुले उठाएका प्रश्नहरुको गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुर र वडा नम्बर ७ का वड़ा अध्यक्ष मजहर खाले जवाव दिएका थिए । सहभागीहरुले राखेको जिज्ञासाको समाधान गर्दै उपप्रमुख ठाकुरले महिलाहरुलाई आफ्नो हकÞ अधिकारको विषयमा अगाडी बढ्नु पर्ने बताइन् ।
महिलाहरुलाई आर्थिक रुपमा सवल बनाउनका लागि नगरपालिकाको तर्फबाट शिपमूलक कार्यक्रम सञ्चालन गर्ने समेत प्रतिवद्धता व्यक्त गरेकी छन् । वडा अध्यक्ष मजहर खानले वडा कार्यालयबाट पनि चालू आर्थिक वर्षमा महिलाहरुको लागि कार्यक्रम सञ्चालन गर्ने वाचा गरेका छन् ।
सार्वजानिक सुनुवाई कार्यक्रममा सहभागी भएका महिला उत्थान सामाजिक परिवार समूहका शांति देवी झा, शोभा देवी साह, रम्भा देवी साह, तस्लीमा खातून, सोनिया देवी पासवान, सुमिन्त्रा देवी, जुवैदा खातून, सोफिया खातूनले महिलाहरुलाई सिलाई कटाई, बाख्रा पालन, चुरा बनाउने तालीम, लगायतका शिपमूलक कार्यक्रम दिनु पर्ने सम्बन्धित वडा कार्यालय र नगरपालिका कार्यालयबाट माग गरेका थिए ।
तपाईको प्रतिक्रिया