जनकपुरधाम, २० भाद्र । नेपाल र भारतबीच सुमधुर सम्बन्ध निर्माण गर्ने उद्देश्यले जनकपुरधाममा नेपाल–भारत खुल्ला सिमाना सम्वाद समूह गठन गरिएको छ ।
राष्ट्रिय जनता पार्टी नेपालका महासचिव राजीव झाको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन गरिएको हो ।
समूहका सदस्यहरुमा राजेश चौधरी, मनोज चौधरी, पंकज मण्डल, दिपक कर्ण, अजय अनुरागी, कुन्दन झा, रामकृपाल साह, अनिल महासेठ, किरण झा र बजरंग यादव रहेका छन् ।
त्यस्तै, संस्थाको सल्लाहकार समितिमा पूर्व प्रमुख जिल्ला अधिकारी जिवछ मिश्र र ब्रम्हदेव झालाई सर्वसम्मत चयन गरिएको छ ।
बैठकले जिल्लास्थित प्रमुख राजनीतिक दल तथा नागरिक समाजका प्रतिनिधिहरुको सहभागितामा एक हप्ताभित्रै एक बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने संयोजक झाले बताए ।
तपाईको प्रतिक्रिया