जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले संविधानको रक्षा र सुशासनका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
लुम्बिनी । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मङ्सिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन आह्वान गरेका छन् ।
बुटवल । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार, एमाले र कांग्रेस नै चुनाव भाँड्ने गतिविधिमा लागेको भन्दै आलोचना गरेका छन् ।
काठमाडौं । मधेश प्रदेशमा उत्पन्न राजनीतिक अस्थिरताप्रति मधेश महासभाले गम्भीर ध्यानाकर्षण जनाउँदै संवैधानिक प्रक्रिया र राजनीतिक संवादमार्फत समस्याको समाधान खोज्न सबै पक्षलाई आह्वान गरेको छ।
काठमाडौँ । नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै किसिमका कार्गो (सामान) कोलकाता र विशाखापटनम्, विराटनगर (जोगवनी) तथा नौतनवा (सुनौली)मार्ग हुँदै भैरहवासम्म ढुवानी गर्न सकिने भएको छ ।
जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख कार्यालयमा पुगेर उनले प्रदेश प्रमुखको पदभार ग्रहण गरेका हुन् ।
जनकपुरधाम । नेपाली काँग्रेस सहितका सात दलीय गठबन्धनले जनकपुरधाममा मधेश प्रदेश सरकार गठन प्रक्रियाको विरोध गर्दै मोटरसाइकल ¥याली निकालेको छ ।
रौतहट । जिल्लाको कटहरिया नगरपालिकामा करार तथा दैनिक ज्यालादारी कर्मचारीहरूले बक्यौता तलब–भत्ता माग गर्दै गरेको तालाबन्दी १५ दिनपछि खुलेको छ ।
काठमाडौं । बेलायतमा मुख्यालय रहेको आईटी कन्सल्टिङ र साइबर सुरक्षासम्बन्धी कम्पनी जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले नेपाल अहिले एक निर्णायक मोडमा उभिएको र देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण अत्यावश्यक भएको बताएका छन् ।
मो. इसराफिल राइन, महोत्तरी । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत श्री राम माध्यमिक विद्यालय मटिहानीमा निर्माण सम्पन्न ४ कोठे पक्की भवनको एक कार्यक्रमका बीच मटिहानी नगर प्रमुख हरि प्रसाद मण्डलले उद्घाटन गरेका छन् ।
जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायअन्तर्गत स्कूल अफ हेल्थ साइन्सेजको निर्देशकमा डा.वीरेन्द्रकुमार झा नियुक्त भएका छन् ।
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एमालेले चुनाव भाँड्नको लागि नयाँ/नयाँ नाटकमञ्चन गरिरहेको भन्दै अब २१ फागुनको चुनाव हुन नदिनको लागि हुने कुनैपनि षड्यन्त्र र खेलबाडको विरुद्धमा जनस्तरबाटै प्रतिवाद गरिनुपर्ने बताएका छन् ।
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता एवं कार्यकर्ता पंक्तिलाई जसपा नेपालमा फर्किन आह्वान गरेका छन् ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) महिला विभागले ‘जेनजी आन्दोलन र नेपालमा डायस्पोराको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ ।
सिरहा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने दाबी गरेका छन् ।
महोत्तरी । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका वडा नं. २, अनैठा मा विपन्न तथा स्थानीय नागरिकहरूलाई लक्षित गरी बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
रौतहट । आम जनता पार्टी (आजपा)मा प्रवेश गर्नेको संख्या बढदै गइरहेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र सहित विभिन्न पार्टीका सयौं नेताहरु सो पार्टी परित्याग गरी आजपामा प्रवेश गरेका छन् ।
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ मा वडा अध्यक्षको नेतृत्वमा जेन–जी युवामाथि कुटपिट भएको छ।
राजविराज । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ स्थित रजकपट्टी टोलमा रहेको कवीर बाबा मन्दिरका पुजारी, ७० वर्षीय राम दुलार साहका हत्यारालाई सार्वजनिक गर्न माग गरिएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको सांगठनिक गतिविधिले पार्टीलाई अपडेट र अपग्रेट गर्न मद्दत पुर्याएको बताएका छन् ।
सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका ७० वर्षीय पुजारी रामदुलार साहको शनिबार राति अज्ञात हतियारधारी समूहले गोली हानी हत्या गरेको घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ।
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन् ।
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले अन्धकारमाथि प्रकाशको विजय, आत्मजागरण, ऐक्यबद्धता र समृद्धिको प्रतीक दिपावली (तिहार) को सम्पूर्ण नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।