10/2/2019

सुनसरी, १४ असोज । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका–१२ बस्ने ३३ वर्षीय बिकास कसई लगायत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

10/2/2019

दाङ, १४ असोज । तुलसीपुर उपमहानगरपालिका–६ बाट ७.५ फिट लामो टाउको र दाँत सहितको बाघको छालासहित रुकुम (पूर्व) उत्तरगंगा गाउँपालिका–१४ बस्ने २० वर्षीय भिमप्रसाद बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

10/1/2019

जनकपुरधाम, १४ असोज । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले पर्यटकीय विकास समृद्धिको मुख्य आधार रहेको बताएका छन् ।

10/1/2019

काठमाडौं, १४ असोज । यौन दुर्व्यहारको आरोप लागेका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् ।

10/1/2019

काठमाडौं, १४ असोज । संघीय संसदको महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेका प्रतिनिधिसभाका सभामुखलाई नेपाल कम्युनिष्ट पार्टीले राजीनामा दिन सुझाव दिएको हो ।

10/1/2019

रौतहट, १४ असोज । हिन्दूहरुको महान चाड विजयादशमी तथा तिहार पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटले सभ्य सुरक्षित तवरले चाडपर्व मनाउंन १६ बुँदे अनुरोध पत्र सार्वजनिक गरेको छ ।

10/1/2019

काठमाडौं, १४ असोज । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि भर्खरै सार्वजनिक भएको बलात्कारको आरोपप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

10/1/2019

रौतहट, १४ असोज । गौर नगरपालिकाले बजार अनुगमन कार्य शुरू गरेको छ । चाड पर्वमा अखाद्य बस्तु विक्री वितरण गर्ने कार्यको नियन्त्रण गर्ने र चर्को मूल्यलाई व्यवस्थित गर्ने उद्देश्यले नगरपालिकाले बजार अनुगमन गर्न लागिएको हो ।

10/1/2019

कपिलवस्तु, १४ असोज । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा भाद्र १ गते सरुवा भएका कर्मचारी पुनः भाद्र १२ गते मन्त्रालयको पत्र लिएर आएपछि एक वडा अध्यक्षले त्यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

10/1/2019

कैलाली, १३ असोज । कैलाली जिल्लाको भजनी नगरपालिका ३ मौरियाभाटबाट एपीएफ टोलीले करीब पाँच लाख ४९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको औषधी बरामद गरेको छ ।

9/30/2019

काठमाडौं, १३ असोज । भारतीय राजदूतावासले ५५औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य दिवस (आइटेक) २०७६ मनाएको छ ।

9/30/2019

काठमाडौं, १३ असोज । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले नेपाल खुल्ला दिसामुक्त हुनु नेपालीका लागि गौरवको विषय रहेको बताएका छन् ।

9/30/2019

पर्सा, १३ असोज । बहुदरमाई नगरपालिका–६ बागेश्वरी त्रिकुना चोकबाट अवैध लागूऔषध ५ केजी ६ ग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

9/30/2019

झापा, १३ असोज । अर्जुनधारा नगरपालिका–१ सिस्ने भन्ने स्थानमा भण्डारण गरी राखेको Neogel-90 लेखिएको High Explosive बिष्फोटक पदार्थ करिब २५ केजी आइतबार साँझ प्रहरीले बरामद गरेको छ ।

9/30/2019

काठमाडौं, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणा गरेका छन् । उनले यस अभियानले मुलुकलाई सभ्यताको एक सिँढी माथि उठाएको बताएका छन् ।

9/30/2019

ललितपुर, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवासका लागि नयाँ भवनको सैँब आवास क्षेत्र, भेसेँपाटीमा शिलान्यास गरेका छन् ।

9/30/2019

काठमाडौं, १३ असोज । नेपाल–भारत व्यापार सन्धिको विस्तृत पुनरावलोकनसम्बन्धी वाणिज्य सहसचिवस्तरीय तेस्रो चरणको बैठक भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भएको छ ।

9/30/2019

सिरहा, १३ असोज । छुवाछुतमुक्त समाज निर्माणका लागि घरभन्दा बाहिर हुने कार्यक्रम र छलफलमा जान थालेपछि अनिता यादवलाई कूलदेवताको घरमा दीप जलाउन समेत प्रतिबन्ध लाग्यो ।

9/30/2019

काठमाडौं, १३ असोज । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका ३२ भन्दा बढी नेता कार्यकर्ताहरु राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका छन् ।

9/29/2019

जनकपुरधाम, १२ असोज । दशैं, दिपावली र छठ पर्वको अवसर पारेर प्रत्येक वर्ष जनकपुरधाममा लाग्ने दशैं बजारको मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले उद्घाटन गरेका छन् ।

9/29/2019

बारा, १२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक पाँच–पाँच वर्ष वर्षमा लाग्ने गढीमाई पञ्चवर्षीय शोभायात्रा समारोह तथा मन्दिर दर्शन कार्यक्रमलाई टेलिफोनमार्फत् उद्घाटन गरेकी छन् ।

9/29/2019

वीरगन्ज, १२ असोज । गण्डकी प्रदेश भ्रमणका लागि वीरगन्ज महानगरका मेयर विजयकुमार सरावगीमार्फत् वीरगन्जवासीलाई निम्तो दिइएको छ ।

9/29/2019

इटहरी, १२ असोज । जेष्ठ नागरिक दिवसको अवसर पारेर इटहरी उपमहानगरले जेष्ठ नागरिकका लागि इटहरीका छ ठाउँमा निःशूल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ ।

9/29/2019

रुपन्देही, १२ असोज । गैंडहवा गाउँपालिका–३ गोब्रौलीस्थित सडकमा लु.२ त ४३९३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

9/29/2019

सुनसरी, १२ असोज । बर्जु गाउँपालिका–३ अमडुवाबाट हातहतियार र लागूऔषधसहित दुई जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ट्रेन्डिङ