काठमाडौं, १६ असोज । अर्थमन्त्री डा. युवराज खतिवडा भारत प्रस्थान गरेका छन् । भारतमा असोज १६ र १७ गते हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
काठमाडौँ, १६ असोज । भदौ २० गते एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई बलिउड अभिनेता अमिताभ बच्चनले भिडियो सन्देश पठाएका छन् ।
काठमाडौँ, १६ असोज । भारतीय नेताहरूले नेपालमा महात्मा गान्धीको दर्शनको गहिरो प्रभाव परेको बताएका छन् । महात्मा गान्धीको १५० औं जयन्तीका अवसरमा महेन्द्रनारायण निधि प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको गान्धी दर्शनसम्बन्धी प्रवचनमा सत्तारूढ ...
जनकपुरधाम, १६ असोज । मुख्यमन्त्री लालबाबु राउतले कुपोषण अन्तका लागि तिनै तहका सरकारबीच समन्वय गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
जनकपुरधाम, १५ असोज । नेपाल टेलिकमले जनकपुरधामसहित मुलुकको ३२ वटा शहरमा एक साथ हाई स्पिड इन्टरनेट फोरजी सेवाको शुभारम्भ गरेको छ ।
जनकपुरधाम, १५ असोज । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले नीति कानूनले मात्र बाल विवाह अन्त्य गर्न नसकिने बताएका छन् ।
रौतहट, १५ असोज । रौतहट जिल्लाको बौधीमाई नगरपालिका, मौलापुर नगरपालिका र फतुवा विजयपुर नगरपालिकामा पूर्ण सरसफाई कार्यक्रमका क्रियाकलापहरु संचालनमा रहेको छ ।
रौतहट, १५ असोज । रौतहट प्रहरी विगत आठ महिनाको अवधिमा विभिन्न घटनाका आरोपित, दोषी तथा फरार अभियुक्त १०४ जनालाई पक्राउ गरेका छन् ।
रुपन्देही, १५ असोज । आँधिखोला लघुवित्त वित्तीय संस्थाले समूह सदस्यको श्रीमानको मुत्यु भएर क्रियामा रहेकी एक सदस्यलाई क्रियाखर्च स्वरुपको रकम हस्तानतरण गरेको छ ।
कपिलवस्तु, १५ असोज । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याको सरुवा भएको दुई हप्ता नबित्दै पुनः कार्यालयमा हाजिर हुन लागेको विषयलाई अप्रत्यासित भनेको छ ।
रुपन्देही, १४ असोज । ९ वर्षीया बालिकालाई यौन दूर्व्यवहार गरेको अभियोगमा तिलोत्तमा नगरपालिका-४ बस्ने ५२ वर्षीय दिपक कुमार क्षेत्रीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १४ असोज । गान्धी जयन्तीका अवसरमा असोज १५ काठमाडौंमा हुने कार्यक्रममा भाग लिन भारतका दुई राजनीतिज्ञ नेपाल आउँदै छन् ।
कपिलवस्तु, १४ असोज । जिल्लामा अख्तियारद्वारा विद्यालयका प्रधानाध्यापक र कार्यालय सहयोगी ४० हजार घुससहित पक्राउ परेका छन् ।
मोरङ, १४ असोज । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विराटनगर महानगरपालिका–११ स्थित विराटनगर बसपार्कको हाताभित्र नवनिर्मित प्रहरी विट तथा नागरिक सहायता कक्षको सोमबार आयोजित समारोहका बीच उद्घाटन गरी जिल्ला प्रहरी कार्यालय मोरङलाई हस्तान्तरण गरेका छन् ।
सुनसरी, १४ असोज । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका–१२ बस्ने ३३ वर्षीय बिकास कसई लगायत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
दाङ, १४ असोज । तुलसीपुर उपमहानगरपालिका–६ बाट ७.५ फिट लामो टाउको र दाँत सहितको बाघको छालासहित रुकुम (पूर्व) उत्तरगंगा गाउँपालिका–१४ बस्ने २० वर्षीय भिमप्रसाद बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, १४ असोज । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले पर्यटकीय विकास समृद्धिको मुख्य आधार रहेको बताएका छन् ।
काठमाडौं, १४ असोज । यौन दुर्व्यहारको आरोप लागेका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् ।
काठमाडौं, १४ असोज । संघीय संसदको महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेका प्रतिनिधिसभाका सभामुखलाई नेपाल कम्युनिष्ट पार्टीले राजीनामा दिन सुझाव दिएको हो ।
रौतहट, १४ असोज । हिन्दूहरुको महान चाड विजयादशमी तथा तिहार पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटले सभ्य सुरक्षित तवरले चाडपर्व मनाउंन १६ बुँदे अनुरोध पत्र सार्वजनिक गरेको छ ।
काठमाडौं, १४ असोज । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि भर्खरै सार्वजनिक भएको बलात्कारको आरोपप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
रौतहट, १४ असोज । गौर नगरपालिकाले बजार अनुगमन कार्य शुरू गरेको छ । चाड पर्वमा अखाद्य बस्तु विक्री वितरण गर्ने कार्यको नियन्त्रण गर्ने र चर्को मूल्यलाई व्यवस्थित गर्ने उद्देश्यले नगरपालिकाले बजार अनुगमन गर्न लागिएको हो ।
कपिलवस्तु, १४ असोज । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा भाद्र १ गते सरुवा भएका कर्मचारी पुनः भाद्र १२ गते मन्त्रालयको पत्र लिएर आएपछि एक वडा अध्यक्षले त्यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
कैलाली, १३ असोज । कैलाली जिल्लाको भजनी नगरपालिका ३ मौरियाभाटबाट एपीएफ टोलीले करीब पाँच लाख ४९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको औषधी बरामद गरेको छ ।