रौतहट, २९ भाद्र । जिल्ला प्रहरी कार्यालय रौतहटले विगत केहि दिनदेखि एक्कासी फैलिएको बच्चा चोरी, अपहरण गर्ने समूह प्रवेश गरेको, बच्चा चोरी गरी लगिदै गरेको भ्रामक कुरोको पछि नलागि सचेत बस्न अपील गरेका छन् ।
काठमाडौं, २९ भाद्र । विश्व प्रेस काउन्सिलको महासचिवमा प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ निर्वाचित भएका छन् ।
काठमाडौं, २९ भाद्र । अमेरिकाको न्युयोर्कमा कवि बसन्त चौधरीले एकल कविता वाचन सम्पन्न भएको छ । कवि चौधरीले विश्व–काव्ययात्राको १९ शृंखलाअन्तर्गत अमेरिकाको न्युयोर्क सहरमा एकल कविचावाचन गरेका हुन् ।
राकेश यादव, रौतहट, २९ भाद्र । रौतहट जिल्लाको राजदेवी नगरपालिकाका प्रमुख धीरेन्द्र कुमार सिंहले बाटो निर्माणको कार्यमा बाधा पुर्याउने कार्य सहन नहुने बताएका छन् ।
रुपन्देही, २७ भाद्र । सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बाईपासबाट श्रोत नखुलेको नगद ३८ लाख ९३ हजार १ सय नेपाली रुपैयाँ र नगद १ लाख २ हजार ५ सय भारतीय रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहट, २७ भाद्र । राजदेवी नगरपालिकाका प्रमुख धीरेन्द्र कुमार सिंहले नगरपालिकाका स्थानीयहरुको दुःखलाई न्यूनीकरण गर्दै समुन्नत नगरपालिका बनाउने बताएका छन् ।
कपिलवस्तु, २७ भाद्र । कपिलवस्तुमा सनशाइन सामाजिक विकास संस्थाको २१औं वार्षिकोत्सवको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सिरहा, २७ भाद्र । सिरहा जिल्लाको दक्षिणवर्ती सखुवानन्कारकट्टी गाउँपालिकामा दलित महिलाहरुका लागि तीनमहिने ब्युटिसियन तालिम सुरु भएको छ ।
रौतहट, २७ भाद्र । जिल्ला एम्बुलेन्स समिति रौतहटको बिहीबार सम्पन्न भएको बैठकबाट सञ्चालनमा रहेका एम्बुलेन्सहरुको भाडा निर्धारण गरिएको छ ।
काठमाडौं, २७ भाद्र । भारतका विद्युतमन्त्री राजकुमार सिंह काठमाडौं आएका छन् । उनले प्रधानमन्त्री केपी ओली, ऊर्जामन्त्री वर्षमान पुनसित छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
कैलाली, २७ भाद्र । सुदुरपश्चिम प्रदेशमा डेंगु रोगको संक्रमण बढ्दै गएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले त्यसविरूद्ध अभियान थालनी गर्न सामाजिक मन्त्रालयलाई निर्देशन दिएका छन् ।
काठमाडौं, २६ भाद्र । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेल भारतीय सीमामा तारबार गर्न नहुने सुझाएका छन् ।
रौतहट, २६ भाद्र । रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ६ कुडिया बजारमा दोस्रो दिन बिहीबार पनि प्रहरीले दर्जनौ राउण्ड हवाई फायर गरेको छ ।
धनुषा, २६ भाद्र । धनौजी गाउँपालिका–१ स्थित लखौरीबाट जनकपुर उपमहानगरपालिका–१ बस्ने २६ वर्षीय राजेश कापर समेत ५ जनालाई अवैध रुपमा ल्याउँदै गरेको करिब २० लाख रुपैयाँ मूल्य बराबरका विभिन्न कपडा सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २६ भाद्र । ‘मातृभूमिका लागि नेपाली’को केन्द्रीय परिषद्को बैठक बिहीबार सम्पन्न भएको छ ।
काठमाडौं, २६ भाद्र । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश सरकारको अधिकार कुण्ठित गर्ने गरी केन्द्र सरकारले ल्याएका विधेयक तथा ऐनहरूको एकमुष्ट खारेजीको लागि आफूहरू सर्वोच्च अदालत जाने चेतावनी दिएका छन् ।
जनकपुरधाम, २६ भाद्र । देशका अन्य क्षेत्रमा जस्तै प्रदेश नम्बर २ मा डेंगुको संक्रमण बढ्दै गएको छ । प्रदेश २ मा डेंगुबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना विरामी भएका छन् ।
बुटवल, २६ भाद्र । असोज ९ गते तिलोत्तमा नगरपालिको टाइगर रिसोर्टमा एक कार्यक्रम तय भएको छ । स्थानीय तहहरुमा लगानीमैत्री वातावरण बनाउने उद्देश्यले प्रदेश सरकारको भूमिका सम्बन्धमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्रीहरु रुपन्देहीको तिलोत्तमामा जमघट हुने भएका छन् ।
काठमाडौं, २६ भाद्र । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा लैंगिक हिंसा बिरुद्धको सात दिने अनुशिक्षण तालिम सुरु भएको छ ।
राकेश यादव, रौतहट, २६ भाद्र । रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ६ कुडियामा तनाव भएको छ । स्थिति नियन्त्रण गर्न प्रहरीले आश्रु ग्यास तथा हवाई फायर गरेको छ । हिन्दूहरुले छठ घाटमा छठ पूजा गर्नलाई बनाएको श्रीसाप्ता मुस्लिम समुदायले तोड्न लाग्दा भएको झडपमा प्रहरीले १० राउण्डभन्दा बढी आसुसेल तथा हवाई फायर गरेको छ ।
मोरङ, २५ भाद्र । सक्कली सुन भनी नक्कली सुन बिक्री गरी ठगी गर्ने बुढिगंगा गाउँपालिका–२ स्थित गणेश लक्ष्मी ज्वेलर्सका संचालक विराटनगर महानगरपालिका–४ बस्ने ३६ वर्षीय जितेन्द्र साह स्वर्णकारलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, २५ भाद्र । विश्व आत्महत्या रोकथाम दिवस २०७६ को अवसरमा कानेपोखरी गाउँपालिका–६ स्थित जनसेवा माध्यमिक बिद्यालयको प्राङगणमा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
जनकपुरधाम, २५ भाद्र । जानकी आँखा अस्पतालले मोतियाबिन्दका विरामीलाई निःशुल्क शल्यक्रिया गर्नुका साथै औषधी तथा चस्मासमेत प्रदान गरेको छ ।
कैलाली, २५ भाद्र । कैलालीको टीकापुरमा डल्फिन महोत्सव आयोजना हुने भएको छ । नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै कैलाली होटल व्यवसायी संघले महोत्सवको आयोजना गर्न लागेको हो ।