वीरगन्ज, ७ असोज । वीरगन्ज महानगरपालिकाले नेपाल भ्रमण बर्ष २०२० भव्य रुपमा मनाउने निर्णय गरेको छ । नगर प्रमुख विजय कुमार सरावगीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकद्धारा सबै संघ संस्थाहरुसँग समन्वय गर्दै भ्रमण बर्षलाई भव्य रुपमा मनाउने निर्णय गरिएको जनाइएको छ ।
नवलपरासी, ७ असोज । नवलपरासीको कावासोती नगरपालिका–८, खरकट्टामा दुर्घटनामा परी मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ ।
जनकपुरधाम, ७ असोज । मुख्यमन्त्री स्वच्छता अभियानको आयोजना तथा युनिसेफको सहयोगमा प्रदेश नं. २ मा ‘स्वच्छ मधेश समृद्ध प्रदेश’ नारा सहित पूर्ण सरसफाई तर्फको यात्राको शुभारम्भ भएको छ ।
काठमाडौं, ७ असोज । कीर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात कीर्ते गरेको आरोपमा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनियर राजकुमार गोइत जेल चलान भएका छन् ।
रुपन्देही, ७ असोज । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले केन्द्र सरकारका कारण आफूहरुलाई समस्या भइरहेको बताएका छन् । उनले केन्द्र सरकारले कानून बनाउन ढिलाइ गर्दा काम गर्न समस्या भएको बताएका हुन् ।
वीरगन्ज, ६ असोज । चेली कृषी सहकारी संस्था लि. वीरगंजको अयोजनामा र आफन्त नेपाल, ललितपुरको सहयोगमा उद्घोष तालिम कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ ।
धनुषा, ६ असोज । जिल्लाको शहिद नगरपालिका ३ स्थित यदुकुवा र सोही जिल्लाको जनकपुर उपमहानगरपालिका १६ स्थित कपिलेश्वरबाट एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा तथा खाद्यन्नका बरामद गरेको छ ।
काठमाडौं, ६ असोज । एक कार्यक्रमबिच संशोधित तथा परिमार्जित पत्रकार आचारसंहिता, २०७३ सार्वजनिक गरिएको छ ।
सप्तरी, ६ असोज । भारतीय नम्बरको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले डानेश्बरी नगरपालिका–८ बिसहरियामा आइतबार साँझ गोली प्रहार गर्दा सोही ठाउँस्थित ब्रहमपुर बस्ने २४ वर्षीय भगवतीप्रसाद मण्डल घाइते भएका छन् ।
काठमाडौँ, ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन सुधारबारे एकीकृत र विस्तृत योजना ल्याउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन् ।
वीरगन्ज, ६ असोज । प्रतिनिधिसभा सदस्य तथा समाजवादी पार्टी पर्सा जिल्लाका अध्यक्ष प्रदीप यादवले ‘जनता दर्शन’ कार्यक्रम शुरु गरेका छन् ।
रौतहट, ६ असोज । पञ्चकन्या स्टील प्राइभेट लिमिटेड भैरहवाले गौरमा कन्ट्राकटर भेटघाट कार्यक्रम संपन्न गरेको छ ।
सिरहा, ५ असोज । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–८ स्थित कसहा चोक देखि दक्षिण तिर जाने बाटोमा शुक्रबार साझ दुईवटा मोटरसाइकल एक आपसमा ठोक्कीदा एक जना चालकको मृत्यु भएको छ ।
वीरगन्ज, ५ असोज । वीरगंज बसपार्कमा यात्रुहरुको सहजको निमित्त आइतबार यात्रु सहायता कक्षको उद्घाटन गरिएको छ ।
रुपन्देही, ५ असोज । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डाबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
मोरङ, ५ असोज । ग्रामथान गाउँपालिका–७ स्थित केराघारीमा १७ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
बुटवल, ५ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनमा विभिन्न छुटका योजनाहरु दिइएको छ ।
काठमाडौं, ५ असोज । भारतको अन्तरिक्ष एजेन्सी इसरोका प्रमुख के. सिवनले भारतले आफ्नो महत्वाकांक्षी अभियान ‘गगनयान’का लागि सन २०२१ सम्मको लक्ष्य राखेको बताएका छन् ।
सर्लाही, ५ असोज । सर्लाहीको चन्द्रनगरमा ७२ अतिविपन्न परिवारलाई सरकारले सुधारिएको चुल्हो वितरण गरेको छ ।
सिरहा, ५ असोज । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रृका यादवले समृद्ध नेपाल निर्माणका लागि भ्रष्टाचार बाधक रहेको बताएका छन् ।
सर्लाही, ५ असोज । सर्लाहीका पूर्वसांसद नरेन्द्र साहले प्रहरीलाई ६० थान साइकल प्रदान गरेका छन् ।
काठमाडौं, ५ असोज । पूर्व–पश्चिम राजमार्ग भएर चल्ने सवारीसाधनलाई प्रदेश २ अन्तर्गतको सडकखण्ड ५ घण्टामा पार गर्नुपर्ने भएको छ ।
काठमाडौं, ५ असोज । राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष राजवंशी चौधरीको हृदयघातका कारण निधन भएको छ ।