9/4/2019

काठमाडौं, १८ भाद्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सहयोगमा भइरहेका पुनर्निर्माण कार्यको जानकारी लिने भएका छन् ।

9/4/2019

काठमाडौं, १८ भाद्र । समाजवादी पार्टीको प्रदेश २ का प्रदेश सभामा संसीदय दलका उपनेता रहेका सांसद राम आशीष यादवले भारतको पटनामा वृक्षारोपण गरेका छन् ।

9/4/2019

काठमाडौं, १८ भाद्र । समाचार लेखेकै आधारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का प्रदेश समितिका सदस्य अशोक जयसवालले नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ प्रादेशिक समितिका सदस्य तथा प्रकाशक एवं सम्पादक शैलेन्द्र झालाई ज्यान मार्ने धम्की दिएका छन् ।

9/4/2019

कपिलवस्तु, १८ भाद्र । जिल्लामा सोमबार र मगलबार गरी स्थानीय नदीमा डुबेर ४ जना महिलाको ज्यान गएको छ । शुद्धोधन गाउँपालिकामा ३ जना र मायादेवी गाउँपालिकामा १ गरी ४ जनाको ज्यान गएको छ ।

9/4/2019

वीरगन्ज, १८ भाद्र । वीरगन्जमा एक बालकले आत्महत्या गरेका छन् । वीरगन्ज महानगरपालिका–२० अपौनी बस्ने नविलाल प्रसाद चौरसियाका १४ वर्षीय छोरा गोविन्द प्रसाद चौरसियाले आत्महत्या गरेका हुन् ।

9/4/2019

बाँके, १७ भाद्र । नेपालगंज उपमहानगरपालिका–४ बस्ने ३२ वर्षीय धिरेन्द्र श्रेष्ठलाई अवैध लागूऔषध ब्राउनसुगर ५ सय ७० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

9/4/2019

रुपन्देही, १७ भाद्र । रोहिणी गाउँपालिका–६ ललितपुर पकडिहवाबाट नियन्त्रित लागूऔषध स्पास्मो १ हजार ४ सय ४० ट्याबलेट, नाईट्राभेट १ सय ५० ट्याब्लेट र वानरेक्स जस्तो देखिने रातो रङ्गको झोल पदार्थ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

9/4/2019

बाँके, १७ भाद्र । जिल्ला अदालत बर्दियाको २०६८ पुस २१ गतेको फैसला बमोजिम डाँका चोरी मुद्दामा ६ वर्ष कैद सजाय र २७ हजार ९ सय रुपैयाँ जरिवाना तोकीएका फरार प्रतिवादी बैजनाथ गाउँपालिका–४ बानियाभार बस्ने ३३ वर्षीय नरेन्द्र न्यौपानेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

9/3/2019

जनकपुरधाम, १७ भाद्र । धार्मिक आस्थासँग प्रदेश सरकारले खेलवाड गर्न लागेको आरोप लागेको छ । विश्वकै ऐतिहासिक तथा धार्मिकस्थलको रुपमा रहेको जानकी मन्दिरमा पनि प्रदेश सरकारले भ्रष्टाचार गर्न लागेको छ ।

9/3/2019

काठमाडौं, १७ भाद्र । भारत सरकारको आर्थिक सहयोगमा झापाको एक विद्यालयमा निर्माण भएको विद्यालय भवन उद्घाटन गरिएको छ ।

9/3/2019

कपिलवस्तु, १७ भाद्र । जनमत पार्टीले मधेश स्वराज आन्दोलनका प्रथम शहीद राममनोहर यादवको श्रद्धाञ्जली सभा विभिन्न जिल्लामा मनाएको छन् ।

9/3/2019

वीरगन्ज, १६ भाद्र । हिन्दू धर्मावलम्बीहरुले मनाउँने गणेश चतुर्थी तथा महिलाहरुको महान् पर्व तीजको शुभ अवसरमा पर्साको बिभिन्न स्थानमा धुमधामका साथ सोमवार देखि ६ दिनसम्मका लागि श्री गणेश भगवानको भव्य पूजाको आयोजना गरिएको छ ।

9/3/2019

बारा, १६ भाद्र । मालपोत कार्यालय बाराका नायब सुब्बा हरिमोहन सिंह क्षेत्री घुस रकमसहित अख्तियारको फन्दामा परेका छन् ।

9/3/2019

पर्सा, १६ भाद्र । पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ स्थित भन्सार मुलगेटबाट एपीएफ टोलीले एक के.जी. तीन सय ३२ ग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

9/3/2019

मोरङ, १६ भाद्र । उर्लाबारी नगरपालिका–६ सूर्य चोक बस्ने ३० वर्षीय रमेश कार्कीको घरमा सोमबार बिहान आगलागी हुँदा घरभित्र रहेको मकै, चिरान काठ, चामल, भाँडावर्तन

9/3/2019

कपिलवस्तु, १६ भाद्र । कृष्णनगर नगरपालिका–५ डबरा चोकस्थित गणपती प्लाई उद्योगमा आगलागी भएको छ ।

9/3/2019

रौतहट, १६ भाद्र । गौर नगरपालिका–३ बिपि चोकस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

9/3/2019

मोरङ, १६ भाद्र । सुन्दरहरैंचा नगरपालिका–५ मा स्थित नमूना सामुदायिक बनभित्र वेवारिसे अवस्थामा रहेको भरूवा बन्दुक ३ थान फेला पारी सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

9/3/2019

मोरङ, १६ भाद्र । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी केरावारी गाउँपालिका–२ बस्ने ५३ वर्षीय नन्दराज कोईरालालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

9/2/2019

जनकपुरधाम, १६ भाद्र । मगही भाषा संरक्षण सम्बद्र्धन प्रतिष्ठान जनकपुरले मगही भाषालाई प्रदेश २ को कामकाजी भाषा बनाउन मांग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

9/2/2019

काठमाडौं, १६ भाद्र । मिथिलाञ्चल क्षेत्रमा आज चौरचन पर्व मनाइँदै छ । यो पर्व भदौ महिनाको शुक्लपक्ष चौथी तिथिका दिन मनाइन्छ ।

9/2/2019

जनकपुरधाम, १५ भाद । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले संघीय सरकारको असयोगका कारण सोचेजस्तो काम गर्न नसकेको बताएका छन् ।

9/2/2019

कैलाली, १५ भाद्र । भजनी नगरपालिका–४ कुडी बस्ने ३० वर्षीय चन्द्रलाल चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।

9/2/2019

सुनसरी, १५ भाद्र । कोशी गाउँपालिका–३ जमुवा बस्ने ३२ वर्षीय अनमोल मुखियाको जंगली हात्तीको आक्रमणबाट आइतबार बिहान मृत्यु भएको छ ।

9/2/2019

कैलाली, १५ भाद्र । कैलाली जिल्लाको भवनी नगरपालिका ५ पुलीयार स्थित कान्द्रा नदिमा अविरल बर्षाको कारण पानीको बहाव बढ्न गई डुवानमा परेका करीव १४ घरपरिवारका सामान र चौपाया भाद्र १५ गते एपीएफ टोली तथा स्थानीय प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

ट्रेन्डिङ