8/25/2019

काठमाडौं, ८ भाद्र । भारतको पावन धर्ती बोधगयामा पर्वत पुरुष बाबा दशरथ माझीको पुण्यतिथिको अवसरमा आयोजित १२औ महासमाधी दिवस समारोहका प्रमुख अतिथि विहारको पूर्व मुख्यमन्त्री जितनराम माझीको अगाडी नेपालको पहिलो मुसहर कलाकारहरुले साँस्कृतिक कला प्रस्तुत गरे ।

8/25/2019

इटहरी, ८ भाद्र । सुनसरीको इटहरी हाँसपोसास्थित आमा समूहले तिहारमा देउसी खेलेर संकलन गरेको रकमबाट महिलालाई आत्मनिर्भर बनाउने तालिम दिएको छ ।

8/25/2019

जनकपुरधाम, ८ भाद्र । प्रदेश नं. २ मा हरित प्रदेश अभियानको थालनी भएको छ । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले हरित प्रदेश अभियानको उदघाटन गरेका छन् ।

8/25/2019

जनकपुरधाम, ८ भाद्र । कृष्ण जन्माष्टमीको अवसर पारेर रुकमिणीसर विकास समिति जनकपुरले पोखरीको सरसफाई गर्नुका साथै पोखरीको डिल बाटोघाटो समेत सरसफाई गरेको छ ।

8/25/2019

काठमाडौं, ८ भाद्र । समाजवादी पार्टी निकट प्रेस संगठनहरुको समायोजन भएको छ । तत्कालिन संघीय समाजवादी फोरम नेपालनिकट संघीय प्रेस फोरम र नयाँ शक्ति पार्टीनिकट प्रेस सोसाइटी नेपालबीच शनिबार समायोजन गरिएको छ ।

8/25/2019

महोत्तरी, ७ भाद्र । जलेश्वरस्थित रामानन्दन विशेश्वर महेन्द्र(राविम) क्याम्पसका संस्थापकमध्येका महेन्द्र रायको निधन भएको छ ।

8/25/2019

रौतहट, ७ भाद्र । नेपाल औषधि व्यवसायी संघ रौतहटको प्रथम जिल्ला अधिवेशन सदरमुकाम गौरमा संपन्न भएको छ ।

8/25/2019

रुपन्देही, ७ भाद्र । बुटवल उपमहानगरपालिका–४ ट्राफिक चोकस्थित सिद्धार्थ राजमार्गमा लु.२ ख ६८४ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

8/25/2019

वीरगन्ज, ७ भाद्र । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल र वीरगंज महानगरपालिकाबीच हरितालिका तिजको दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

8/25/2019

रौतहट, ७ भाद्र । सशस्त्र प्रहरी बल बीओपी लक्ष्मीपूर बेलबिछबाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक पशुपति खनालले आर्थिक वर्ष २०७५।०७६ मा २९ लाख भन्दा बढी राजश्व संकलन गर्न सफल भएका छन् ।

8/25/2019

काठमाडौं, ७ भाद्र । नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवले संविधानलाई मधेशमा पनि स्वागत हुने गरी संशोधन हुनुपर्ने बताएका छन् ।

8/23/2019

जनकपुरधाम, ६ भाद्र । मुख्यमन्त्री लालबाबु राउतले वन फँडानी गर्ने संघीय सरकारको षड्यन्त्रलाई कुनै पनि हालतमा सफल हुन नदिने बताएका छन् ।

8/23/2019

रौतहट, ६ भाद्र । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ५ र वडा नम्बर ८ का एक सय ९० जनालाई राहत सामग्री वितरण गरिएको छ ।

8/23/2019

बारा, ६ भाद्र । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा रहेको विश्व प्रसिद्ध गढीमाई मेलामा आउने ६० लाख भन्दा बढी श्रद्धालुहरुलाई व्यवस्थापन गर्न महागढीमाई नगरपालिकाले एक कार्यक्रमबीच मेलाको व्यवस्थापन तथा मुल कमिटी विस्तार गरेको छ ।

8/23/2019

काठमाडौं, ६ भाद्र । नेपाल–भारतबीच खाद्य वस्तु तथा तरकारीलगायतका वस्तुहरुको उत्पत्ति प्रमाणपत्र र गुणस्तर प्रमाणपत्र र स्वच्छता प्रमाणपत्र दुबै देशमा मान्य हुनेगरी सम्झौता भएको छ ।

8/23/2019

रौतहट, ६ भाद्र । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ९ का दलित समुदायका एक सय जना बाढीपीडित राहतबाट वञ्चित भएका छन् ।

8/23/2019

वीरगन्ज, ६ भाद्र । नेपाली सेनाले सेन्ट जेभियर्स मा.वि र बुद्ध फाउन्डेसन कलेजमा अध्ययनरत् छात्रछात्राहरुलाई सेना तालिमको प्रक्रिया अगाडि बढाएको छ ।

8/22/2019

जनकपुरधाम, ५ भाद्र । प्रदेश नं. २ को लोक सेवा आयोगको अध्यक्षमा प्रा.सुरेन्द्रप्रसाद यादव सिफारिस भएका छन् ।

8/22/2019

नेपालगन्ज, ५ भाद्र । तत्कालीन स्वतन्त्र मधेश गठबन्धन बाँकेका नेता स्व.राम मनोहर यादवको श्रीमती सुनिता यादवलाई जनस्वास्थ्य चौकीमा जागिर दिइएको छ ।

8/22/2019

काठमाडौं, ५ भाद्र । राजपा नेपालले श्री कृष्णाजन्मअष्टमीको अवसरमा शुभकामना व्यक्त गरेको छ । आज जारी गरिएको प्रेस विज्ञप्तीमा ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रेरणा कृष्णको महिमा जनाइएको छ ।

8/22/2019

काठमाडौँ, ५ भाद्र । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक काठमाडौंमा सम्पन्न भएको छ । संयुक्त बैठकले सन् १९५० को मैत्रीपूर्ण सन्धि पुनरावलोकन तथा ईपीजी प्रतिवेदन बुझ्ने विषयमा विचार आदान–प्रदान गरेको बैठकपछि जारी संयुक्त प्रेस वक्तव्यमा उल्लेख छ । यससँग जोडिएका अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा उपक्षेत्रीय विषयवस्तुमा गहन छलफल भएकोे छ ।

8/22/2019

जनकपुरधाम, ५ भाद्र । मुख्यमन्त्री लालबाबु राउतले समाजिक रुपान्तरणको लागि नारी सशक्तिकरण आवश्यक रहेको बताए । मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत धनुषाको बटेश्वर गाउँपालिका स्थित शिवशक्ति नमूना मा.बव बटेश्वरमा आयोजित साइकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले समग्र विकासको मुल आधार नारी सशक्तिकरण रहेको उल्लेख गरे ।

8/22/2019

वीरगंज, ५ भाद्र । कृषि क्षेत्रमा नेपालमै छुट्टै पहिचान बनाएको भारतीय कम्पनी शक्तिमानको डिलर मिट कार्यक्रम होटल मकालुमा सम्पन्न भएको छ ।

8/22/2019

अजय मिश्र, कपिलवस्तु, ५ भाद्र । नेपाल सरकार प्रदेश नं.५ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले मदरसा शिक्षा कार्यविधी २०७६ समेत स्वीकृत गरेको छ ।

8/22/2019

काठमाडौं, ५ भाद्र । मधेशवादी नेता हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहको विस्तारित बैठक बस्ने भएको छ । पछिल्लो निर्बाचनमा नेकपासँग राजनीतिक गठबन्धन गरी निर्बाचनमा भाग लिएको त्रिपाठीको राजनीतिक समूह यही महिनाभित्र काठमाडौमा विस्तारित बैठक गर्न लागेको हो ।

ट्रेन्डिङ