काठमाडौं, २० भाद्र । एसिड प्रहारबाट घाइते भएकी किशोरी मुस्कान खातुनको उपचारका लागि प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले पाँच लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
मुख्यमन्त्री राउतले एसिड प्रहार घटनाको तत्काल छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
शुक्रबार बिहान वीरगंजस्थित स्कुल जाने क्रममा कक्षा ९ पढ्ने १५ वर्षीया छात्रा मुस्कानमाथि एसिड प्रहार गरिएको छ ।
तपाईको प्रतिक्रिया