कपिलवस्तु, १७ भाद्र । जनमत पार्टीले मधेश स्वराज आन्दोलनका प्रथम शहीद राममनोहर यादवको श्रद्धाञ्जली सभा विभिन्न जिल्लामा मनाएको छन् ।
यसैबीच रुपन्देहीमा पनि श्रद्धाञ्जली सभा मनाएको छ । लुम्विनीको मधुवनी मा.वि. मा आइतबार सम्पन्न भएको छ ।
गत वर्ष भदौ १५ गते प्रहरी हिरासतमा मारिएका यादवको सम्झनामा आइतबार जनमतले राममनोहर यादवको सम्मान तथा सम्झनामा विभिन्न कार्यक्रम गरेको हो ।
श्रद्धाञ्जली सभा पूर्व मधुवनि विद्यालयबाट लुम्बिनी गेटसम्म ¥याली निकाली मैनवती प्रज्वलन गरिएको जनमत पार्टीका नेता संजय मिश्राले बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य भोपेन्द्र यादव, चन्द्रहोखर सुनार, संजय कुमार मिश्रा, सागर वर्मा, रामकेश गुप्ता, अंगद गुप्ता, रामकिशुन बरइ लगायतले आफ्नो विचार राखेका थिए ।
कृष्ण कोहारको अध्यक्षता केन्द्रीय सदस्य भोपेन्द्र यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो
तपाईको प्रतिक्रिया