वीरगन्ज, १६ भाद्र । हिन्दू धर्मावलम्बीहरुले मनाउँने गणेश चतुर्थी तथा महिलाहरुको महान् पर्व तीजको शुभ अवसरमा पर्साको बिभिन्न स्थानमा धुमधामका साथ सोमवार देखि ६ दिनसम्मका लागि श्री गणेश भगवानको भव्य पूजाको आयोजना गरिएको छ ।
वीरगन्जको घडिअर्वा पोखरी, छपकैंया, माईस्थान, ड्राईपोर्टमा बिहान शोभा यात्रा निकालेर भव्य रुपमा गणेश चतुर्थी महोत्सवको आयोजना गरिएको हो ।
बिगतका वर्षहरु झैं यस वर्ष पनि घडिअर्वा पोखरी परिसर बाहिर सोमवार देखि ६ दिन सम्मका लागि गणेश भगवानको पुजा अर्चना सुरु गरिएको छ ।
सो अवसरमा प्रत्येक दिन हुँने सांस्कृतिक कार्यक्रम बिभिन्न स्थानका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत् गरिने आयोजक समितिले जनाएको छ ।
तपाईको प्रतिक्रिया