8/22/2019

जलेश्वर, ५ भाद्र । प्रदेश नं. २ की प्रदेशसभा सदस्य एवं राष्ट्रिय जनता पार्टी नेपालकी वरिष्ठ उपाध्यक्ष रानी शर्मा तिवारीले छात्राहरुलाई साइकल वितरण गरेकी छन् ।

8/22/2019

जनकपुरधाम, ४ भाद्र । प्रदेश २ सरकारले कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले क्यालेण्डरमै कृष्ण जन्मष्टमीको विदा उल्लेख गरिसकेकाले सो दिन भएको जनाए ।

8/21/2019

काठमाडौं, ४ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।  नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार नेपाल आएका विदेशमन्त्री जयशंकर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । आयोगको बैठक बुधबार नै सुरु हुँदैछ ।

8/21/2019

अजय मिश्र, कपिलवस्तु ४ भाद्र । कपिलवस्तुको कृष्णनगर मुख्य व्यापारिक नाका रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले असारदेखि हालसम्म राजस्व संकलन, चेकजाँच, प्रशिक्षण, संचार, अपराध अनुसन्धान र सामुदायिक जनचेतना तर्फ तिब्रता दिएको छ । 

8/21/2019

काठमाडौं, ४ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्तावेज भएको बताएका छन् ।

8/21/2019

रौतहट, ४ भाद्र । विगत ९ वर्षदेखि फरार रहेका एक जना सशस्त्र भूमिगत संगठन तराई मुक्ति मोर्चाका कार्यकर्तालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

8/21/2019

रौतहट, ३ भाद्र । गएको असार २८ गतेका दिन आएका विनाशकारी बाढीले प्रभावित भएका घर परिवारलाइ असल छिमेकी नेपाल पोखराले राहत सामग्री वितरण गरेको छ ।

8/21/2019

पर्सा, ३ भाद्र । वीरगंज महानगरपालिका–२१ परवानीपुर बस्ने ३५ वर्षीय उमेश प्रसाद महतोको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

8/21/2019

नवलपरासी (पूर्व), ३ भाद्र । मध्यबिन्दु नगरपालिका–७ स्थित पूर्वपश्चिम राजमार्ग सडक खण्डमा ना.५ ख ४८६ नम्बरको बसको ठक्करबाट मंगलबार बिहान साइकलयात्री भारत मोतिहारी बलुवा घर भई मध्यबिन्दु नगरपालिका-७ चोरमारा बस्ने ३६ वर्षीय मोहम्मद सहवीरको मृत्यु भएको छ ।

8/21/2019

रौतहट, ३ भाद्र । नेपालबाट भारतमा अवैध रुपमा रक्सी पुर्याउने एक जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

8/21/2019

वीरगन्ज, ३ भाद्र । हुण्डीको कारोवार गर्ने गरेको आरोपमा वीरगञ्जबाट पक्राउ परेका ८ जना विरुद्ध प्रहरीले वैंक–वित्तिय संस्था तथा संगठित अपराध मुद्दा अन्तर्गत १ अर्ब २८ करोड ४३ लाख ३९ हजार ७ सय २३ रुपैयाँ बिगो दाबी गर्दै अदालतमा पेश गरेको छ ।

8/20/2019

बुटवल, २ भदौ । विभिन्न कारणले घरवारविहीन भई सडकमा सुत्न बाध्य बालबालिकाको सन्र्दभमा सडक बालबालिका शून्यमा झार्ने अभियान सञ्चालन भएको छ ।

8/20/2019

कैलाली, ३ भाद्र । सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक गौरा पर्व सुरु भएको छ । मंगलबार यो पर्व सुरु भएको हो । पर्वको पूर्वसन्ध्यामा बजारमा चहलपहल सुरु भएको छ ।

8/20/2019

काठमाडौं, ३ भाद्र । आगामी मंसिर १४ गतेका लागि तोकिएको उपनिर्वाचनमा पाँच सय ५० मतदान केन्द्र कायम गरिएको छ ।

8/20/2019

नयाँदिल्ली, ३ भाद्र । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाएको छ ।

8/20/2019

जनकपुरधाम, ३ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तराई–मधेशमा आउने बाढीको दीर्घकालीन समाधानका लागि नेपाल र भारत मिलेर काम गर्नुपर्ने सुझाव दिएका छन् । 

8/20/2019

विरगञ्ज, ३ भाद्र । नगद र चाँदीसहित पक्राउ परेका ८ जनालाई हुण्डी कारोबारीविरुद्ध सवा अर्ब विगो दावी गर्दै अदालत पेश गरिएको छ ।

8/20/2019

जनकपुरधाम, ३ भाद्र । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश प्रहरीलाई अनुसन्धानको क्रममा कुनै प्रकारको दबाब प्रभावमा नपर्न निर्देशन दिएका छन् ।

8/20/2019

रौतहट, २ भाद्र । आफ्नै खेतमा पानी तान्ने मोटरबाट पानी कटाउने क्रममा करेन्ट लागेर परोहा नगरपालिका–६ बसन्तपट्टी बस्ने ५० वर्षीय दुला राउतको सोमबार बिहान मृत्यु भएको छ ।

8/20/2019

सुनसरी, २ भाद्र । इटहरीको वडा नं. १८ बालमैत्री वडा घोषणा गरिएको छ । कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले एक समारोहका बीच बालमैत्री वडा घोषणा गरेकी छन् ।

8/19/2019

काठमाडौं, २ भाद्र । नेपाल सरकारको अनुरोधमा नेपालका विभिन्न सरकारी निकायका २० अधिकारीहरुलाई भारतमा प्रशिक्षण सुरु भएको छ ।

8/19/2019

मोरङ, २ भाद्र । सुनवर्षी नगरपालिका–८ हर्चगढीबाट जंगली सकुशल अवस्थाको जिउँदा सुन गोहोरो १२ वटा सहित पथरी शनिश्चरे नगरपालिका(६ बस्ने ५९ वर्षीय जस बहादुर धिमाललाई प्रहरीले पक्राउ गरेको छ ।

8/19/2019

कैलाली, २ भाद्र । घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

8/19/2019

जनकपुरधाम, २ भाद्र । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले दलितहरुलाई अधिकार प्राप्तिका लागि पूरानो सोच त्याग्नु पर्ने बताएका छन् ।

8/19/2019

काठमाडौं, २ भाद्र । भारतको बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रको सोमबार निधन भएको छ ।

ट्रेन्डिङ