रौतहट, १३ भाद्र । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रह्मपुरीमा वडा अध्यक्षको कारण रोकिएको ११० बाढीपीडित परिवारको राहत सामग्री शुक्रबार वितरण गरिएको छ ।
नगर प्रमुख धीरेन्द्र कुमार सिंह र युवा समाजसेवी भाई नविन कुमार सिंह अमरेन्द्रको विशेष पहलमा बाँकी रहेका १ सय १० परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।
गत असार २७ र २८ गते आएको भीषण विनाशकारी बाढीबाट प्रभावित भएका परिवारलाई राहत वितरण गर्ने उद्देश्यले आएका असल छिमेकी नेपाल पोखराको सस्थाले गएको साउन २ गते २५० जनालाई राहत वितरण गरेका थिए ।
३५० जनालाई राहत सामग्री दिने उद्देश्यले आएको सस्थालाई वडाध्यक्ष पुलिन्द्र दासले अवरोध गर्दा २५० जनालाई मात्र वितरण गरेर फर्केका संस्थाले बाँकी १ सय थान राहत सामग्री परोहा नगरपालिकामा वितरण गरेका थिए ।
नगरबासीको सुख दुःखमा सहभागी हुने मेयर धीरेन्द्र सिंह र समाजसेवी नविन सिंह गाउँको पीडि़त राहतबाट वंचित नहोउन् भनी उद्देश्यले आफ्नो तर्फबाट निस्वार्थ भावले पहल गरेपछि उक्त संस्थाले बाँकी रहेका घर परिवारलाई राहत सामग्री वितरण गरेका हुन् ।
तपाईको प्रतिक्रिया