प्लाई उद्योगमा आगलागी

समाचार

9/3/2019

कपिलवस्तु, १६ भाद्र । कृष्णनगर नगरपालिका–५ डबरा चोकस्थित गणपती प्लाई उद्योगमा आगलागी भएको छ ।

प्लाईलाई मेशिनमा तताउने क्रममा प्लाई जाम भएर आइतबार साँझ आगलागी भएको छ । आगलागीबाट उद्योगमा रहेको मेशिसन जलेर नष्ट भएको छ ।

आगलागीबाट भएको क्षतिको एकिन विवरण हाल खुल्न सकेको छैन । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ