पर्सा, १६ भाद्र । पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ स्थित भन्सार मुलगेटबाट एपीएफ टोलीले एक के.जी. तीन सय ३२ ग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको विरगंज महानगरपालिका १२ रामगढवा बस्ने १८ वर्षीय विकास श्राव छन । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले निजलाई उक्त चाँदी सहित पक्राउ गरेको हो ।
ना.१३ प ५५२४ नम्वरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज श्रावलाई जाँच गर्दा उनको साथमा उक्त चाँदी फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
एपीएफ टोलीले त्यसबेला सो मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका श्रावलाई बरामद चाँदी तथा मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।
बरामद चाँदी तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य करिव २ लाख ८ हजार रुपैयाँ रहेको छ ।
तपाईको प्रतिक्रिया