कपिलवस्तु, २६ साउन । कपिलवस्तु नगरपालिका– ११ बनगाईको सुकुम्बासी टोलमा रहेको कब्जा गरीएको सरकारी जमिनमा बृक्षारोपण गरिएको छ ।
बारा, २६ साउन । प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले विकास र समृद्धिमा प्रदेश सरकारको ध्यान केन्द्रित भएको बताएका छन् ।
वीरगन्ज, २५ साउन । थारु पत्रकार संघ नेपालको प्रथम जिल्ला अधिवेशनले जियालाल चौधरीको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतबाट चयन भएको छ ।
सिमरा, २५ साउन । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ अन्तर्गत पर्ने रातो पुल नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा २९ जना घाईते भएका छन् ।
मोरङ, २५ साउन । पथरी शनिश्चरे नगरपालिका–१० आदर्श टोल बस्ने लक्ष्मण वाग्लेको घरमा शुक्रबार दिउँसो आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
रुपन्देही, २५ साउन । शुद्धोधन गाउँपालिका बस्ने १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शुद्धोधन गाउँपालिका-१ सिंगापुर सिकडा खोला बस्ने २० वर्षीय अजय कठरिया थारुलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
वीरगंज, २५ साउन । ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी आदर्शनगरले शनिबार शेराजेम अभियान अन्तर्गत थरमल थेरापी कार्यक्रम सम्पन्न गरेको छ ।
सर्लाही, २५ साउन । लागूऔषध मुद्दाका फरार अभियुक्त लालबन्दी नगरपालिका–६ घर भएका ३८ वर्षीय संगम भन्ने बीरबहादुर वाईवालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
धनुषा, २५ साउन । जिल्लाको जनकपुर उपमहानगरपालिका १२ स्थित क्याम्पस चोकबाट एपीएफ टोलीले करीब १ लाख ६४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
कपिलवस्तु, २५ साउन । ईलाका प्रहरी कार्यलय कृष्णनगरबाट प्रहरी निरीक्षक प्रताप पौडेलको कमान्डमा खटिएको सादा पोशाक टोलीले कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.१ डबर गाउ नजिक को खेतमा पराल बाट लुकाई छिपाई राखेको मोटरपार्टस् बरामद गरेको छ ।
काठमाडौँ, २४ साउन । पछिल्लो समय जम्मु र कश्मिरमा भारतले अनुच्छेद ३७० लाई निष्प्रभावी गरेको चर्चा संयुक्त संयुक्त राष्ट्रसंघसम्म पुगेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले यी दुई देशको मुद्दामा सकेसम्म सबैभन्दा धेरै संयम अपनाउनु पर्ने बताएका छन् । बरु यो मुद्दालाई समाधान गर्नका लागि सन् १९७२ मा भएको सिमला सम्झौताको प्रसंगलाई पनि ख्याल गर्न सकिने उनको भनाई छ ।
काठमाडौ, २४ साउन । यस वर्ष प्रदेश २ का जिल्लाहरुमा झण्डै ८२ प्रतिशत रोपाइँ भएको छ । समयमा वर्षा नभएर रोपाइँ ढिला सुरु भए पनि यो वर्ष गत वर्षकै हाराहारीमा धान रोपाइँ भएको छ।
वीरगंज, २४ साउन । वीरगंजबाट भोजपुरी भाषामा प्रकाशित हुदै आएको नेपालको एक मात्र भोजपुरी टाइम्स दैनिक पत्रिकाको पाचौं वार्षिकोत्सव कार्यक्रम एक भव्य समारोहका बिच सम्पन्न भएको छ ।
नेपालगञ्ज, २४ साउन । गोरक्ष राष्ट्रिय जागरण अभियान नेपाल नेपालगन्ज,बाँकेको एक भेलाले नेपालगन्ज उपमहानगरपालिका स्तरीय नगर समिति चयन गरेको छ ।
काठमाडौं, २३ साउन । राष्ट्रिय जनता पार्टी नेपालको भातृ संगठन राष्ट्रिय विद्यार्थी संघको चागुनारायण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा दोश्रो एकाइ अधिवेशन सम्पन्न भएको छ ।
रौतहट, २३ साउन । रौतहटको गढीमाई नगरपालिकामा बिहीबार दिउँसो आगलागी हुदा ४ वटा घर जलेर नष्ट भएको छ ।
बाँके, २३ साउन । बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १४ स्थित बावुगाउँबाट एपीएफ टोलीले करीव १ लाख ४६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
मणि प्रसाद गैह्रे, कपिलवस्तु, २३ साउन । महाराजगंज नगरपालिकाले नगर क्षेत्रका फुसको घरको छाना भएका विपन्न र गरिब परिवारलाई जस्तापाता वितरण गरेको छ ।
काठमाडौं, २३ साउन । मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन नेपालको लागि वरदान सावित भएको छ । यसबाट नेपालले मासिक ३० करोड रुपैयाँ बचत गर्नेछ ।
बाँके, २३ साउन । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित जमुनाहबाट एपीएफ टोली तथा भन्सार कार्यालयको कर्मचारीले करीव ६ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
कपिलवस्तु, २३ साउन । प्राचीन कपिलवस्तु तिलौराकोटमा कपिलवस्तु श्री राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ ।
काठमाडौं, २३ साउन । आरक्षण बचाऔं आन्दोलनले लोकसेवा आयोगको विज्ञापनको विरुद्धमा उल्टो हिंडेर प्रदर्शन गरेको छ । बुधबार माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म उल्टो हिँडेर प्रदर्शन गरिएको छ ।
कैलाली, २२ साउन । धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित सडकमा सवारी दुर्घटना परी नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने २७ वर्षीय सुरज कुँवरको मृत्यु भएको छ ।