एक सय ९० जनालाई राहत वितरण

समाचार

8/23/2019

रौतहट, ६ भाद्र । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ५ र वडा नम्बर ८ का एक सय ९० जनालाई राहत सामग्री वितरण गरिएको छ ।

काठमाडौंको हेल्पिङ्ग हैंड्स नामक संस्थाले बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेको हो ।

समाजवादी पार्टीका नगर अध्यक्ष अमरूल हकको सक्रिय प्रयासमा उक्त परिवारहरुलाई राहत सामग्री उपलब्ध गराइएको हो ।

मोहमद रिजवान अन्सारीको प्रमुख आतिथ्यता तथा इरफान पोखरेलको विशेष उपस्थितिमा पीडित परिवारलाई चामल, दाललगायतका सामग्री वितरण गरिएको नगर अध्यक्ष हकÞले जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ