काठमाडौं, ५ भाद्र । राजपा नेपालले श्री कृष्णाजन्मअष्टमीको अवसरमा शुभकामना व्यक्त गरेको छ । आज जारी गरिएको प्रेस विज्ञप्तीमा ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रेरणा कृष्णको महिमा जनाइएको छ ।
भगवान् विष्णुको आठौं अवतारको रुपमा जन्मेका कृष्णले अन्याय अत्याचार र राक्षसी प्रवृतिबाट मानवको संरक्षण गर्ने भन्दै यस पर्वले सबैखाले अन्याय, अत्याचार र विभेदहरुको विरुद्ध एकताबद्ध भई लड्ने शक्ति प्रदान गरोस् विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया