रौतहट, १६ साउन । काठमाडौंस्थित महेन्द्र नारायण निधि मेमोरियल अस्पतालले बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
रुपन्देही, १६ साउन । मदरसा शिक्षालाई व्यवस्थित गर्न तत्काल अधिकारसम्पन्न मदरसा बोर्ड गठन गर्न सरोकारवालाहरुले माग गरेका छन् ।
राजविराज, १६ साउन । प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरीको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकामा तीन थानमा डुङ्गा उपलब्ध गराएका छन् ।
नेपालगञ्ज, १६ साउन । मुस्लिम समुदायका व्यक्तिले चाडपर्वका बेला गरिने पूजाआजाका क्रममा भगवान् अगाडि अनिवार्य टोपी लगाउनुपर्ने परम्परा नै छ । इस्लाम धर्मले भगवान् अगाडि टोपी अनिवार्य गरेको छ ।
रौतहट, १६ साउन । चन्द्रपुर नगरपालिका–४ कप्तान टोल बस्ने ३० वर्षीय रेहान तामाङ भन्ने रामबहादुर घिसिङ पक्राउ परेका छन् ।
विराटनगर, १६ साउन । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले एक महिनाभित्रै विराटनगरको एकीकृत जाँचचौकी (आइसिपी) उद्घाटन हुने जानकारी दिएका छन् ।
काठमाडौं, १५ साउन । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सिंहदरबार बैद्यखानाको अनुगमन गरेका छन् ।
काठमाडौं, १५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्रीको रुपमा नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराई नियुक्त भएका छन् ।
कैलाली, १५ साउन । टिकापुर नगरपालिका–१ स्थित सडकमा से.५ प ८७०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मोरङ, १५ साउन । सुन्दरहरैचा नगरपालिका–१० स्थितबाट लुकाई छिपाई ल्याएको अन्दाजी २ सय लिटर अवैध घरेलु मदिरा सहित झापा मेची नगरपालिका–१३ बस्ने ४५ वर्षीय खेम नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही, १५ साउन । गोडैता नगरपालिका–११ माधवपुरबाट १७ केजी गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, १५ साउन । मानव बेचबिखन तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका–६ बस्ने ४१ बर्षीय वसन्त राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।
सिरहा, १५ साउन । प्रदेश २ का पर्यटन, उद्योग, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले ‘गाउँ उज्यालो अभियान’को थालनी गरेका छन् ।
काठमाडौं, १४ साउन । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले डुबान तथा बाढी जस्ता विपत्तिको सामना गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताएका छन् ।
जनकपुरधाम, १४ साउन । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको बताएका छन् ।
काठमाडौं, १४ साउन । भारतको नयाँ दिल्लीमा नेपाल र भारतबीच सप्तकोशी उच्च बाँधको ज्वाइन्ट टिम अफ एक्सपर्ट्स (जेटीई)को बैठक सम्पन्न भएको छ ।
रुपन्देही, १४ साउन । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
झापा, १४ साउन । बाह्रदर्शी गाउँपालिका-२ बस्ने सन्तोष मलिक डुमको छोरा १२ वर्षीय छोरा बादल मलिक डुम मंगलबार बिहान पानीमा डुबी मृत्यु भएको अवस्थामा फेला परेका छन् ।
रौतहट, १३ साउन । गौर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष शेख जमशैदले आफ्नो निजी स्रोतबाट एक जना अग्निपीडितलाई नगद र खाद्यान्न सामग्री सहयोग गरेका छन् ।
काठमाडौं, १३ साउन । भारतीय जनता पार्टी (भाजपा) का प्रधाभवशाली नेता सुब्रमन्यम स्वामीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।