मोरङ, १३ साउन । नगद १३ लाख ५० हजार रुपैयाँ चोरी गरेको अभियोगमा कटहरी गाउँपालिका–१ बस्ने २० वर्षीय सुरज कामतलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
धनुषा, १३ साउन । क्षिरेश्वर नगरपालिका–४ पलाई फ्याकट्रिस्थित सडकमा ना.१ ज ७०२२ नम्बरको गाडी र ज.१ ह ४८९६ नम्बरको टेम्पु एकआपसमा ठक्कर खाँदा टेम्पुमा सवार ४ जनाको मृत्यु भएको छ ।
कैलाली, १३ साउन । आफ्नै बुबा ६० वर्षीय अम्बर बहादुर कुमाललाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।
जनकपुरधाम, १३ साउन । प्रदेश नं. २ मा भीषण वर्षा र बाढीका कारण भएको क्षति बारे जानकारी गराउदै सहयोग जुटाउने उद्देश्यले काडमाण्डौ पुगेको मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी नेतृत्वको सर्वदलीय टोलीले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँग छलफल गरेको छ ।
सर्लाही, १२ साउन । नेपाल–भारत महिलामैत्री समाजले प्रदेश नं. २ को सर्लाही जिलामा बाढीपीडितहरुलाई राहत वितरण गरेको छ ।
काठमाडौं, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच पारवाहनलगायतका विषयमा सहज व्यवस्था हुन आवश्यक रहेको बताएका छन् ।
कपिलवस्तु, १२ साउन । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ६ स्थित भिल्मी स्वास्थ्यचौकीमा अहिले पनि शौचालय छैन ।
वीरगंज, १२ साउन । ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रले शनिबार ११ औ चरणको वृक्षारोपण सम्पन्न गरेको छ ।
रौतहट, १२ साउन । रौतहट जिल्लाको सदरमुकाम गौरबाट प्रहरीले मोबाइल चोरी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।
रौतहट, १२ साउन । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का प्रदेश सांसद नागेन्द्र प्रसाद यादवले बाढी पीडितलाई शनिबार राहत वितरण गरेका छन् ।
सिरहा, १२ साउन । प्रदेश २ का उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सिरहाको कल्याणपुर नगरपालिका ३ इटारी प्रसाहीका बाढी पीडितलाई शनिवार राहत वितरण गरेका छन् ।
जनकपुरधाम, १२ साउन । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले बाढीबाट प्रदेश नं. २ मा भएको क्षतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका छन् ।
मोरङ, ११ साउन । सुन्दरहरैचा नगरपालिका–१० स्थित खोर्साने चोकबाट सुनसरी धरान उपनगरपालिका–१७ बस्ने २८ वर्षीय बिमल श्रेष्ठलाई अवैध लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी, ११ साउन । समुदाय–प्रहरी साझेदारीअन्तर्गत ईलाका प्रहरी कार्यालय धरानको कार्यालय परिसरमा प्रहरी कर्मचारी र आश्रीत परिवारहरुका निमित्त एक दिने एकिकृत निःशुल्क स्वास्थ शिविर शनिबार सम्पन्न भएको छ ।
रौतहट, ११ साउन । बाढीले दिएको पीडाबाट आहात भएका पीडितहरुलाई राजनीतिक रुपमा स्वार्थको निम्ति प्रयोग गरिएको छ । प्रसंग रौतहट जिल्लाको राजदेवी नगरपालिकाको रहेको छ ।
काठमाडौं, ११ साउन । नेपाल भ्रमण वर्ष २०२० आउन ५ महिना हाराहारी मात्रै बाँकीहुँदा बाघ हेर्न र बस्न नेपाल विश्वको उत्कृष्ठ ठाँउ भनेर विश्वका प्रतिष्ठित पर्यटन प्रकाशनहरुले लेखेका छन् ।
धनुषा, १० साउन । शहीदनगर नगरपालिका–३ यदुकुवाबाट सशंकित अवस्थामा हिँडिरहेका गोठकुवा बस्ने २१ वर्षीय गोविन्द यादवलाई ३ लाख ३९ हजार ५ सय रुपैयाँ नगद सहित प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तु, १० साउन । मायादेवी गाउँपालिका–४ चाकरचौडास्थित पिपराबाट १० थान खैरो रंगको हिरोईन जस्तो देखिने लागूऔषध र नक्कली नोट जस्तो देखिने (नम्बर एउटै भएको) नेपाली ५ सय दरका नोट ८८ थान (४४ हजार) रुपैँयासहित एक जना पक्राउ परेका छन् ।
कपिलवस्तु, १० साउन । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाकी उपमेयरले मेयरविरुद्ध मुद्दा दायर गरेकी छिन् ।
काठमाडौं, १० साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौ अन्तिमसाता नेपालको चार दिने भ्रमणमा आउने भएका छन् ।
रुपन्देही, १० साउन । बुटवल उपमहानगरपालिका १ तिनाउ खोलास्थित सडकमा ना.५ ख ९४०७ नम्बरको बस र लु.४१ प ७७० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।