काठमाडौं, २२ साउन । भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ तथा भारतका पूर्वविदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ ।
हृदयघातका कारण उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनलाई हृदयघात हुँदा एम्स हस्पिटलमा भर्ना गरिएको थियो ।
भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ सुषमा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको हो ।
हृदयघात हुँदा उनलाई एम्समा भर्ना गरिएको थियो, जहाँ पाँच जना चिकित्सकको टोलीलाई उपचारमा लगाइएको थियो ।
स्वास्थ्यमा समस्या देखिना साथ स्वराजलाई अस्पतालमा भर्ना गराइएको थियो ।
चिकित्सकको टोलीले उनको स्वास्थ्य अवस्थामाथि लगातार निगरानी गरेको थियो । तर, उनलाई बचाउन नसकिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
तपाईको प्रतिक्रिया