जनकपुरधाम, २१ साउन । हंसपुर नगरपालिकाको कार्यालय सार्ने विषयमा मेयर र उपमेयर पक्षबीच झडप भएको छ ।
मेयर रामज्ञान मण्डलले नगरपालिकाको कार्यालय बघचौडाबाट बेल्ही चोकमा सार्न खोज्दा उपमेयर रेणु झा समूहसँग मंगलबार झडप भएको छ ।
झडप सुरु भएपछि सुरक्षाकर्मीले लाठी चार्ज गर्दा दर्जनौं घाइते भएका छन् । झडपपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । अहिले पनि अवस्था तनावग्रस्त छ ।
हंसपुर नगरपालिकाको कार्यालय सरकारले बघचौडामा तोकेको छ । तर मेयर मण्डलले आफ्नो गाउँ बेल्ही चोकमा कार्यालय संचालन गरेका छन् ।
नगरपालिकाका सामानहरु मेयरले सार्न खोज्दा मेयर र उपमेयर पक्षबीच झडप हुँदा तनाव बढेको हो । उपमेयर झाले सुरुदेखि रहिआएको कार्यालय अन्त सार्न नमिल्ने भन्दै आएकी छन् । झडपमा घाइतेहरुहरुको उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया