मणि प्रसाद गैह्रे, कपिलवस्तु, २३ साउन । महाराजगंज नगरपालिकाले नगर क्षेत्रका फुसको घरको छाना भएका विपन्न र गरिब परिवारलाई जस्तापाता वितरण गरेको छ ।
खरको छानोमुक्त गर्ने अभियानअन्तर्गत नगरपालिकाले जस्तापाता वितरण गरेको हो । नगरपालिकाले ११ वटै वडामा रहेका १ सय ५० भूमिहीन गरिब परिवारलाई जस्ता पाता वितरण गरेको छ । नगर प्रमुख अब्दुल कलाम खां, उपप्रमुख शुभावती कुर्मी र वडाअध्यक्ष, कर्मचारीसहितको टोलीले जस्तापाता वितरण गरेको हो ।
जस्तापाता वितरण पछि महाराजगंजका प्रमुख अब्दुल कलामले गरीब समुदायहरुलाई परिवर्तन ल्याउन र उनीहरुको खुशी फर्काउन जस्तापाता वितरण गरिएको बताए । साथै आगामी आर्थिक वर्षमा समेत निरन्तर वडा वडामा खरको छाना पहिचा गरी घर बनाउन नसकनेलाई प्राथिमिकताको आधारमा जस्तापाता प्रदान गरिने उनले बताए ।
तपाईको प्रतिक्रिया