कैलाली, २२ साउन । धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित सडकमा सवारी दुर्घटना परी नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने २७ वर्षीय सुरज कुँवरको मृत्यु भएको छ ।
से.७ प १४६८ र से.५ प १४१८ नम्बरको दुई मोटरसाइकल मंगलबार बेलुका आपसमा ठक्कर खाँदा से.७ प १४६८ नम्बरको मोटरसाइकल चालक सुरज सोही ठाउँमा आईरहेको ना.७ ख ११५७ नम्बरको ट्रकमा ठोक्कीन गई गम्भीर घाइते भएका उनको सेती अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
तीन वटै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार रहेका से.५ प १४१८ नम्बरका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया