हावाहुरी प्रभावितलाई निःशुल्क उपचार गर्ने मेडिकल कलेजले लियो ३१ लाख ३८ हजार

समाचार

8/8/2019

जनकपुरधाम, २२ साउन । बारा पर्साका हावाहुरी प्रभावितको निःशुल्क उपचारको प्रचार गरेको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले सरकारसँग उपचार खर्च लिएको छ ।

बुधबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पत्रकार सम्मेलन गरी नेशनल मेडिकल कलेज र अर्को एक अस्पताललाई हावाहुरीका घाइते भएकाहरुको उपचार गर्दाको रकम प्रदान गरे ।

कलेजले दुई सय ३३ जनाको उपचार गरेको बिल मुख्यमन्त्री कार्यालयमा पठाएको थियो । त्यसअनुसार नेशनल मेडिकल कलेजलाई ३१ लाख ३८ हजार २ सय ८४ रुपैयाँको चेक प्रदान गरिएको छ ।

वीरगञ्ज हेल्थ केयरका संचालकलाई पनि १३ लाख ६३ हजार ५६ को चेक प्रदान गरिएको छ । अस्पतालमा ५५ जना घाइतेको उपचार गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ