7/26/2019

विराटनगर, १० साउन । विराटनगर महानगरपालिकाले विराटनगरका विभिन्न चोकहरूमा औपचारिक रूपमा फ्रि वाईफाई सञ्चालन गरेको छ ।

7/26/2019

बाँके, १० साउन । प्रत्येक बर्ष जिल्लाका लागि संघीय र प्रदेश सरकारले बजेट छट्याउँदा कम भएको गुनासो सुनिने गरेको छ । तर, त्यही बजेट पनि पूर्णरूपमा खर्च हुने गरेको छैन । गत आ.व. ०७५/०७६ मा पनि बाँकेको विकासका लागि छुट्याइएको अर्बौ रूपैयाँ खर्च नभएर फर्किएको छ ।

7/26/2019

जनकपुरधाम, १० साउन । शहीद गंगालाल हृदय केन्द्रको पहिलो शाखा प्रदेश २ को राजधानी जनकपुरधाममा स्थापना भएको छ । जनकपुुर अञ्चल अस्पताल प्राङ्गणभित्रै करिब ६ महिनाअघि स्थापना भएको केन्द्रको बिहीबार औपचारिक रुपमा उद्घाटन भएको छ ।

7/26/2019

रौतहट, ९ साउन । लालबकैया र बागमती नदीमा पानीको बहाव बढेको सुन्ने बित्तिकै रौतहटको सदरमुकाम गौरका स्थानीयहरु भयभीत एवं त्रसित हुने गर्छन् ।

7/25/2019

राकेश प्रसाद चौधरी, महोत्तरी, ९ साउन । असार महिनाको अन्तिम साता आएको बाढीले महोत्तरीको शैक्षिक क्षेत्र अस्तव्यस्त बनेको छ ।

7/25/2019

राकेश यादव, रौतहट, ९ साउन । रौतहट जिल्लामा गएको विनाशकारी बाढीको कारण प्रभावित भएका क्षेत्रमा राहत वितरणमा विभेद देखिएको छ ।

7/25/2019

राकेश यादव, रौतहट , ८ साउन । बरामद भएको ठूलो परिणामको नगदको भरपर्दो स्रोत खुलाउन नसकेपछि पक्राउ परेका एक जनालाइ कानुनी कारवाहीको लागि सम्पति शुद्धिकरण विभागमा चलान गरिएको छ ।

7/24/2019

बारा, ८ साउन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको संयुक्त अवलोकन गरेका छन् । 

7/24/2019

बुटवल, ८ साउन । अविरल वर्षापछि आएको बाढीले बुटवल उपहानगरपालिका–१२ ढवाहमा एउटा घर बगाएको छ । पिसपार्क नजिकै रहेको दीपक विकको घर मंगलबार राति १ बजे सतगढी खोलामा आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।

7/24/2019

विराटनगर, ८ साउन । प्रदेश १ को प्रदेशसभाको चौथो तथा बजेट अधिवेशनको २७ औँ बैठक नबस्दै स्थगन गरिएको छ ।

7/24/2019

नयाँ दिल्ली, ८ साउन । भारतको कर्नाटकमा कांग्रेस–जनता दल सेक्युलर(जेडीएस) गठबन्धनको सरकार ढलेको छ । कर्नाटक विधानसभामा विश्वासको मत लिन नसकेपछि एचडी कुमारास्वामी नेतृत्वको सरकार ढलेको हो ।

7/24/2019

रौतहट, ८ साउन । गए रातिदेखि परेको अविरल वर्षाको कारण बागमती र लालबकैया नदीमा पानीको बहाब बढेको छ । चुरे क्षेत्रमा परेको पानीले दुबै नदीमा बाढी आएको हो। बाढिले रौतहटको बागमती नदीमा २ ठाउँमा तटबन्ध भत्काएको छ । राजदेवी नपाको ब्रम्हपुरी र गढिमाइ नपाको ३ नम्बर वडा लक्ष्मीपुर नजिक तटबन्ध भत्काएको छ ।

7/24/2019

सिरहा , ८ साउन । सिरहामा विभिन्न घटनामा तीनजनाको मृत्यु भएको छ । अरु पाँचजना घाइते छन् ।

7/24/2019

काठमाडौं , ८ साउन । बर्दियामा बबई नदीले बगाएर दुई जना बेपत्ता भएका छन् ।

7/24/2019

काठमाडौं , ८ साउन । निरन्तर वर्षा भइरहेको र बबई नदीमा बहाव बढ्दै गएकाले तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बर्दिया जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

7/24/2019

काठमाडौं, ८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार राहत दुईवटा संस्थाले २५ लाख रुपैंया हस्तान्तरण गरेका छन् ।

7/24/2019

मोरङ, ८ साउन । सप्तरी राजबिराज नगरपालिका –बस्ने ५५ वर्षीय उर्मिला देवी झाको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ ।

7/23/2019

जनकपुरधाम, ७ साउन । मिथिलाञ्चल क्षेत्रमा मनाईने १५ दिने पर्व मधुश्रावणाी तथा फूललोढी उत्सवको रुपमा मनाउन सरु भएको छ । साउन शुक्ल पञ्चमी तिथिका दिनदेखि सुरु हुने मधुश्रावणी पर्व विशेषगरी नवविवाहिताहरुले मनाउने पर्व हो ।

7/23/2019

सप्तरी, ७ साउन । सप्तरीमा मेघगर्जनसँगै वर्षासँगै परेको चट्याङ्मा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका–११ का ४५ वर्षीया शिवसती देवी पण्डित रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

7/23/2019

काठमाडौ, ६ साउन । गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्तालाई नियन्त्रण गर्ने नीति लिएको छ ।

7/23/2019

काठमाडौँ, ७ साउन । नेपालका महिला सांसदहरु भारतीय राजदूत मञ्जिभसिंह पुरीलगायत भारतीय राजदूतावासका उच्च अधिकारीहरुसँग भेट गरेका छन् । भारतीय राजदूतावासमा २० भन्दा बढी महिला सांसदहरु पुगेर पुरीसँग भेट गरेका थिए ।

7/23/2019

काठमाडौं, ७ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताको छानविन सम्बन्धमा गठन भएको समितीको कार्यशैली उपयुक्त नभएको बताएका छन् ।

7/23/2019

बाँके, ६ साउन । नेपालगंज उपमहानगरपालिका–१० स्थित सडकबाट सुर्खेत बीरेन्द्रनगर नगरपालिक–९ बस्ने १८ वर्षीय रोहित बुढा र कालिकोट शुभकामना गाउँपालिका –३ बस्ने २१ वर्षीय प्रकाश रोकायलाई लागुऔषध ब्राउनसुगर १ ग्राम ५ सय मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

7/23/2019

कपिलवस्तु, ६ साउन । मायाँदेवी गाउँपालिका–४ नाकरचौडाबाट बाणगंगा नगरपालिका १ जितपुर वस्ने १८ वर्षिय कृष्ण खाँणलाई नियन्त्रत आगुऔषध नाईट्रोभेट ट्यावलेट १ पिस र विनस्पास्मो १ सय १८ ट्यावलेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेका हो ।

7/23/2019

वीरगञ्ज, श्रावण ०६ .पर्साको सखुवा पर्सौनी गाउपालिका कार्यकारी अधिकृत सन्देश यादवले घुसको विरोध गरेकोमा उल्टै आम उपभोक्ता र वडाध्यक्ष माथि उजुरी गरेका छन् ।

ट्रेन्डिङ