सुनसरी, १८ साउन । ईटहरी उपमहानगरपालिका–२० पानीपियास्थित सडकमा ना.२ च ६६८९ नम्बरको जिपले को.२९ प ४१९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइल चालक धरान उपमहानगरपालिका–८ बस्ने २३ वर्षीय संजु गुरुङ लड्न गई मे.१ ख २०४५ नम्बरको बसले किच्दा उनको घट्नास्थलमै मृत्यु भएको छ ।
जिप र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया