बर्दियामा आगलागीबाट साढे नौ लाखभन्दा बढीको क्षति

समाचार

8/4/2019

बर्दिया, १९ साउन । राजापुर नगरपालिका–७ बस्ने हरी चरण चौधरीको घरमा आगलागी हुँदा साढे नौ लाखभन्दा बढीको धनमाल नष्ट भएको छ ।

आइतबार बिहान आगलागी हुँदा नजिकै रहेका अन्य ३ वटा घर, ति घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायत जलेर करिब ९ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ