श्रीमतीको हत्या गरी भागेका साह पक्राउ

समाचार

8/5/2019

रौतहट, २० साउन । श्रीमतीको हत्या गरी फरार भएका श्रीमानलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

हत्या गरी फरार भएका मृतकका लोग्ने स्थानीय राजपुर नगरपालिका वडा नम्बर १ पिपरा भगवानपुर बस्ने संतोष साह सोनारलाई प्रहरीले मोरंग जिल्लाको बेलवारीबाट पक्राउ गरेको हो ।

भारत बिहार राज्य अन्तर्गत पुर्वी चम्पारण जिल्ला ग्राम पंचायत जटौलिया वडा नं. १२ बस्ने बर्ष ५० को किशोरी साह सोनारको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी जिल्ला रौतहट गा.बि.स. पिप्रा भगवानपुर वडा नं. २ हाल राजपुर नगरपालिका वडा नं. १ बस्ने बर्ष २५ को सन्तोष साह सोनार समेत ३ जना भएको कर्तब्य ज्यानमुद्दामा फरार रहेका सन्तोष साह सोनारले आफनै श्रीमती लालमुनी देवी संग जातिय रिती रिवाज अनुसार बिवाह भई माग गरेअनुसारको दाहिजो रकम कम दिएको कारणले बिपक्षीहरु तिनै जनाले बिभिन्न प्रकारको यातना दिदै आएकोमा २०७३।९।१३ गते बेलुकाको अन्दाजी १९ः३० बजेको समयमा लालमुनी देवीलाई हत्या गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ