वीरगन्ज, १८ साउन । वीरगन्ज महानगरपालिकाको वडा नं. ११ रानीघाट स्थित मुन्ना ज्वेलर्समा शुक्रबार राती चोरी भएको छ ।
मुन्ना ज्वेलर्स सुनचाँदी पसलबाट २ सय ग्राम सुन, दश किलो चाँदी र एक लाख ५० हजार नगद रुपैया समेत चोरी भएको ज्वेलर्सका संचालनक मुना साह सोनारले बताएका छन् ।
चोरहरुले छत माथीबाट पसलको पछाडी रहेको भेन्टिलेसन फुटाई पसलमा प्रवेश गरि २२ लाख बराबरको चोरी गरेका छन् ।
पलसमा रहेको सिसि केमरा चोरहरुले फोडेर चोरी गरेका छन् भने सिसी केमराको एलसिडिमा तेजाब खन्याई दिएका छन् ।
चोरहरुले रानीघाटकै प्रकाश पुस्तक पसल र नागेश्वर चौधरीको पसलमा चोरी गर्न प्रयास गरे पनि विफल भएको पाइएको छ ।
केही दिन पहिला वीरगन्ज लिंक रोड स्थित कुमु होटल नजिक रहेको एक बैट्री पसलमा, आर्दशनर गिता मन्दिर नजिक रहेको पेन्ट पसल, रानीघाट एउटा घरमा लगायतका ठाउँमा चोरी भएको थियो ।
तपाईको प्रतिक्रिया