रौतहट, २९ असार । रौतहट जिल्लामा बाढीको कारण जनजीवन कष्टकर बनेको छ । केही दिनदेखि परेको अविरल वर्षाको कारण आएको बाढीले जनजीवन प्रभावित भएको हो ।
काठमाडौं, २९ असार । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार दिउँसोसम्म ५० जनाको मृत्यु भएको छ ।
काठमाडौं, २९ असार । देशमा आएको अबिरल वर्षा, पहिरो र बाढीको कारण उत्पन्न परिस्थितिबाट चार दर्जन व्यक्तिको मृत्यु भइसकेको, सयौंको संख्यामा घाईते र बेपता रहेको तथा हजारौं घरवारविहीन भएको छन् ।
काठमाडौं, २८ असार । देशभर भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरुमा आएको बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेनाका विभिन्न स्थानहरुमा तैनाथ युनिटहरुबाट २१ जिल्लाको ३२ स्थानमा ८००० जना फौज परिचालन भई उद्धारको कार्यलाई जारी राखिएको छ ।
काठमाडौं, २८ असार । पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले राष्ट्रिय आपत्काल घोषणा गर्न माग गरेको छ ।
काठमाडौं, २८ असार । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म २८ जनाको मृत्यु भएको छ ।
काठमाडौं, २८ असार । लगातारको वर्षाका कारण मधेशलगायत समग्र देशमा भएको जनधनको क्षतिप्रति राष्ट्रिय जनता पार्टी नेपालले दुःख व्यक्त गर्दै राहत तथा उद्धारमा जुट्न आफ्ना नेता कार्यकर्तालाई आह्वान गरेको छ ।
जनकपुरधाम, २८ असार । प्रदेश नं. २ को सरकारले बाढी पहिरोमा भएको धनजनको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३/३ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।
जनकपुरधाम, २८ असार । समाजवादी पार्टी नेपालले बाढी पीडितहरुको राहत तथा उद्धारमा जुटन आफ्ना नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरेको छ ।
काठमाडौं, २८ असार । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले हाल बाढी पहिरोको जोखिम हुनसक्ने हुँदा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
वीरगञ्ज, २७ असार । समाजवादी पार्टी नेपालका युवा नेता एवम् संघीय सांसद प्रदिप यादवले लगातार भइरहेको वर्षाका कारण हुन सक्ने क्षतिलाई कम गर्न गाउँ–गाउँमा उद्धार टोली खटाउन पर्साका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।
विराटनगर, २७ असार । लगातार वर्षाका कारण विराटनगरस्थित सिंघिया खोलामा आएको बाढीले दर्जनौं घरपरिवार डुबानमा परेका छन् ।
विराटनगर, २७ असार । बिहीबार रातिदेखि लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ ।
रौतहट, २७ असार । लगातारको वर्षाका कारण लालबकैया नदीमा आएको बाढीले जिल्लाका आधा दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन् ।
काठमाडौं, २७ असार । दुई दिनदेखिको लगातारको वर्षाका कारण मधेश डुबानमा परेको छ । बिहीबारदेखि सुरु भएको वर्षाले पानीको निकास पर्याप्त नभएपछि डुबानमा पर्ने गरेको देखिएको छ ।
रुपन्देही, २६ असार । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डाबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनलाई पक्राउ गरेको छ ।
काठमाडौं , २६ असार । ‘गर्मी छल्न पोखरा जाऊँ’ भन्ने सन्देश भारतीय पाहुनालाई दिन पोखरेली पर्यटन व्यवसायी भारतको हैदरावाद र बैङ्लोर प्रस्थान गरेका छन् ।
जनकपुरधाम, २६ असार । अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले जनकपुरका मुख्य चोकमा सिसिक्यामेरा जडान गरिएको छ ।
जनकपुरधाम, १६ असार । धनुषाको नगराइन नगरपालिकाको नाम स्वर्गीय महेन्द्र नारायण निधि राख्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।
काठमाडौं, २६ असार । मुस्लिम आयोगले बारा र पर्साका पढ्नबाट बञ्चित बालबालिकाका लागि शैक्षिक सामाग्री बितरण गरेको छ ।
जनकपुरधाम, २६ असार । प्रदेश २ का जिल्लाहरुमा हुने अपराध तथा आपराधिक गतिविधि न्यून गर्न केनाइन शाखाको स्थापना गरिएको छ ।
नवलपुर, २६ असार । नवलपुरको गैंडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड मेनेजमेन्टलाई अन्तर्राष्ट्रिय पदक मिलेको छ ।
मोरङ, २६ असार । सुन्दरहरैचा नगरपालिका १ कुमार गाउँ बस्ने भाई-बुहारी २६ वर्षीया सलिना नेपाललाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय निर बहादुर नेपाललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, २६ असार । भजनी नगरपालिका ५ पगियापसार बस्ने सहदेव बुढाको ६ वर्षीय छोरा सुसान्त बुढा र सोही ठाउँ बस्ने शेर बहादुर बुढाको ६ वर्षीय छोरा हनि बुढाको पानीमा डुबेर मंगलबार साँझ मृत्यु भएको छ ।