रूपन्देही, १९ असार । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सैनामैना नगरपालिकाले विरूवा रोप्ने अभियान सुरू गरेको छ ।
काठमाडौं, १८ असार । सर्लाहीको बाँकेमा प्रहरीको गोली लागि एक जना मारिएको विषयमा राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रिय मानव अधिकार आयोगलाई ज्ञापन पत्र बुझाएको छ ।
सर्लाही, १८ असार । शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीको खाता दशौं तहका शिक्षा अधिकृत चेत कुमार पोखरेल र लेखापाल धर्मपत राउतको नाममा सञ्चालन भएपछि विवादित बनेको छ ।
रौतहट, १८ असार । रौतहट निर्वाचन क्षेत्र नम्बर १ ख प्रदेश सांसद तथा प्रदेश २ का कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवको सांसद कोषको रकमबाट निर्माण भैरहेको भवनमा पुरानो झ्याल प्रयोग गरिएको छ ।
काठमाडौं, १८ असार । नेपाल सरकारले भारतका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीको नेपाल भ्रमण गराउने तयारी गरेको छ ।
सर्लाही, १८ असार । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एकको मृत्यु भएको विरोधमा ईश्वरपुरको बयलबाँस सर्लाहीमा प्रदेश सभा सदस्य उपेन्द्र महतो र प्रतिनिधि सभा सांसद प्रमोद साहको नेतृत्वमा मशाल जुलुस प्रदर्शन भएको छ ।
रौतहट, १७ असार । गत वर्ष कागजमै करोडौँ रकम मिलान गरी खर्च गरेका रौतहट निर्वाचन क्षेत्र नम्बर १ ख का समाजवादी पार्टी नेपालका प्रदेश सांसद एवं प्रदेश २ का कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले चालू आर्थिक वर्षका योजना कमिशनमा आफ्ना नजिकका नातागोता र आफन्तहरुलाई दिएका छन् ।
सुनसरी, १७ असार । सुनसरी जिल्लाको कोशी गाँउपालिका ८ स्थित तिनकुनेबाट करीब पाँच लाख रुपैयाँ बराबरको कवाडीको सामानसहित उक्त सामान ढुवानी गर्न प्रयोग भएको एउटा ट्रक एपीएफ टोलीले बरामद गरेको छ ।
रुपन्देही, १७ असार । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डाबाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
मोरङ, १७ असार । विराटनगर महानगरपालिका १२ स्थित बाबुराम शर्माको शक्तिमाता फर्निचरमा मंगलबार दिउँसो आगलागी हुँदा लाखौंको धनमाल नष्ट भएको छ ।
वीरगन्ज, १७ असार । तराई मधेशको पर्यटकीय क्षेत्रको विकाशका लागि वीरगंजमा नेपाल पर्यटन बोर्डको आयोजनामा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
रौतहट, १७ असार । रौतहट जिल्लाको राजदेवी नगरपालिकाको तेस्रो नगर सभाको पहिलो बैठक सोमबार शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
बाँके, १७ असार । बाँकेको डुडुवा गााउपालिकामा एक दिने मानव अधिकार अनुगमन र दस्ताबेजीरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
रौतहट, १६ असार । रौतहटको माधवनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्तले देशभरी संचालनमा रहेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले अहिले बेरोजगार नागरिकलाई नगर क्षेत्रका ओझेलमा परेको कामहरु सम्पन्न गराउनु सहयोग पुगिरहेको बताएका छन् ।
मोरङ, १६ असार । सुन्दरहरैचा नगरपालिका १० मितेरी टोलस्थित राम बहादुर सम्बाहाम्फेको १७ महिनाको छोरा पाङ्चुहाङ सम्बाहाम्फेको पानी जम्मा गरी राखेको भाडोमा डुबेर मृत्यु भएको छ ।
दाङ, १६ असार । घोराही उपमहानगरपालिका ८ बेलौरीस्थित बबई नदीमा डुबेर सोही ठाउँस्थित घोराही १९ सैघा बस्ने २३ वर्षीय शिवराज पुनको मृत्यु भएको छ ।
बर्दिया, १६ असार । मधुवन नगरपालिका ९ बस्ने ५० वर्षीय जय बहादुर सुनारको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।
सप्तरी, १६ असार । खडक नगरपालिका ५ खरचुहियास्थित स.२ प ६३१९ नम्बरको मोटरसाइकललाई ना.४ ख ७६५९ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
झापा, १६ असार । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ना.२ ख ८३६० नम्बरको ट्रकका चालक झापा अर्जुनधारा नगरपालिका ५ बस्ने ३१ वर्षीय उमाकान्त राजवंशीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासी पूर्व, १६ असार । कावासोती नगरपालिका ८ खरकटा जंगलस्थित सडकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौं, १६ असार । लोकसेवा आयोगले संविधानको मर्म र भावनाविपरीत स्थानीय तहका लागि विज्ञापन गरेको विरुद्ध देशव्यापीरुपमा आन्दोलन चलिहरँदा पनि सो विज्ञापन कार्यान्वयन हुने भएको छ ।
वीरगन्ज, १६ असार । वीरगञ्ज महानगरपालिकामा प्रथम पटक चार दिवसीय नमुना युवा सांसदको अभ्यास सम्बन्धि कार्यक्रम समापन भएको छ ।