नवलपरासी पूर्व, १६ असार । कावासोती नगरपालिका ८ खरकटा जंगलस्थित सडकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
कपिलवस्तु, १५ असार । कपिलवस्तुको भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवामा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
वीरगनज, १५ असार । १६औ राष्ट्रिय धान दिवसको अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक प्रेम ध्वज शाह र अनुसन्धानका प्रहरी उपरिक्षक कुमार खडकाले संयुक्त रुपमा गाउँलेहरुको समूहमा एक साथ धान रोपेका छन् ।
मोरङ, १५ असार । सुनबर्सी नगरपालिका ९ मुसलमान टोलस्थित मर्कस मस्जिदको कम्पाउण्डमा नवनिर्मित शौचालयमा काठको सेट्रिङ खोल्ने क्रममा निसास्सिएर ४ जना कामदारहरुको शनिबार दिउँसो मृत्यु भएको छ ।
बाँके, १५ असार । नेपालगंज उपमहानगरपालिका ४ एकतानगरस्थित सडकमा लु.४६ प १६० नम्बरको मोटरसाइकल आइतबार बिहान अनियन्त्रित भई दुर्घटना भएको छ ।
विराटनगर, १५ असार । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई तीन दिने भमणका लागि अमेरिका प्रस्थान गर्ने भएका छन् ।
काठमाडौं, १५ असार । राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा एक प्रहरी कर्मचारीले कम्तीमा २ वटा फलफुल विरूवाको वृक्षारोपण गर्ने अभियान अन्तर्गत नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय लगायत देशभरिकै विभिन्न प्रहरी कार्यालय परिसरमा विभिन्न जातका ९९ हजार ५ सय २५ वटा विरूवा वृक्षारोपण गरेको छ ।
नवलपरासी(पश्चिमी), १५ असार । प्रतापपुर गाउँपालिका १ भिठ्ठास्थित सडकमा यूपी ५६ बी ४०४२ नम्बरको मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
महोत्तरी, १५ असार । ‘घर–घर जायें, पौधे लगायें, पर्यावरण बचायें’ मूल नाराका साथ डा. सीके राउत नेतृत्वको जनमत पार्टीले महोत्तरीको परौल स्थानबाट वृक्षारोपण अभियान सुरु गरेको छ ।
रौतहट, १४ असार । यमुनामाई गाउँपालिका १ सुकदेव चोकस्थित दशरथ साह सोनारको आदर्श सुनचाँदी पसलबाट नगद ५ लाख रुपैयाँ र सुन तथा चाँदीका गरगहना समेत गरी करिब १७ लाख ७२ हजार ६ सय रुपैयाँ बराबरको धनमाल शुक्रबार राति चोरी भएको छ ।
कैलाली, १४ असार । गोदावरी नगरपालिका-८ मझगाउँस्थित सडकमा शुक्रबार दिउँसो से.१ च १५३६ नम्बरको जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
चितवन, १४ असार । भरतपुर महानगरपालिका २१ पार्बतीपुरस्थित मामा भान्जा पार्टी प्यालेसमा समुदाय(प्रहरी साझेदारी अन्तर्गत लागूऔषध दुर्व्यसनी तथा सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र नीतिका सम्बन्धमा देशको दृष्टिकोण एउटै हुनुपर्ने बताएका छन् । परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
कपिलवस्तु, १४ असार । बकौली र झण्डेनगर वासीको स्वभिमान अबको पालो पूर्ण सरसफाई अभियान भन्ने उद्देश्यका साथ कृष्णनगर नगरपालिका वडा न.३ र १० खुल्ला दिशा मुक्त घोषणा गरिएको छ ।
काठमाडौं, १४ असार । नेपाल सरकारको “एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान“ लाई मुर्त रुप प्रदान गर्नको लागि नेपाली सेनाले पनि “एक जवान एक विरुवा (फलफूलको बोट) रोपण अभियान“
काठमाडौं, १४ असार । राष्ट्रिय बृक्षारोपण दिवश २०७६ को अवसरमा नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय लगायत देशभरिकै विभिन्न प्रहरी कार्यालय परिसरमा शनिबार विभिन्न जातका गरी जम्मा ४० हजार ८ सय ३० वटा विरूवा वृक्षारोपण गरेको छ ।
काठमाडौं, १४ असार । काठमाडौंको प्रदेश राजधानी हेटौडालाई बनाएसंगै हेटौडा काठमाडौं, काठमाडौं हेटौडा आवत जावत गर्नेहरुको संख्या बढ्दो छ
जनकपुरधाम, १४ असार । प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सेवा निवृत कर्मचारीहरुले सेवा अवधिमा प्राप्त आफ्ना अनुभव, सिप र ज्ञानलाई प्रयोगमा ल्याउनुपर्ने बताएका छन् ।
काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सन्तानसरह विरुवाको संरक्षण गरेर हुर्काउन आग्रह गरेका छन् ।
काठमाडौं, १४ असार । नेपालका विभिन्न लोककलासँग सम्बन्धित चित्रहरुको पाँच दिवसीय प्रदर्शनी काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्रदर्शनी हलमा शुक्रबार सुरु भएको छ ।
काठमाडौं, १३ असार । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेपालका लागि जापानका राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ ।
पर्सा, १३ असार । वीरगंज महानगरपालिका २५ बस्ने परमानन्द महतोको गोठमा आगलागी हुँदा दुई लाखको क्षति भएको छ ।
रुपन्देही, १३ असार । मायादेवी गाउँपालिका ६ बनगाईस्थित सडकमा लु.१च ६०१६ नम्बरको बलेरो जिपले लु.३७ प ९१९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
पर्सा, १३ असार । वीरगंज महानगरपालिका १६ शंकराचार्य गेटस्थितबाट स्रोत नखुलेको नगद १८ लाख नेपाली रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।