कपिलवस्तु, १० असार । मायादेवी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गरेको छ ।
बाँके, ९ असार । मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप) को आयोजना र नरैनापुर गाउँपालिकाको आर्थिक सहयोगमा भएको मानव अधिकार अनुगमन,दस्ताबेजीकरण र प्रतिबेदन लेखन विषयक तालिम सम्पन्न भएको छ ।
रुपन्देही, ९ असार । बारा, महोत्तरी, रुपन्देहीमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ५९ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मोरङ, ९ असार । बेलबारी नगरपालिका ४ बाट सुन्दर हरैचा नगरपालिका १२ बस्ने ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका(६ बस्ने ३४ वर्षीय कन्सा माझीलाई पेस्तोल २ थान, म्याग्जिन ४ थान र १४ राउण्ड गोली सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ९ असार । भारतको राजस्थान प्रदेश सरकारले पशुपतिनाथ दर्शन गर्न जाने ज्येष्ठ नागरिकको सबै खर्च व्यहोर्ने भएको छ ।
काठमाडौं, ९ असार । ‘भिजिट मधेश’बिना भिजिट नेपाल सफल नहुने भन्दै नेपाल पर्यटन बोर्डलाई ध्यानाकर्षणपत्र बुझाइएको छ ।
कपिलवस्तु, ९ असार । कपिलवस्तु । बुद्धभूमि नगरपालिकाले आव ०७६÷०७७ का लागि ८६ करोड ६६ लाख ३९ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।
जनकपुरधाम, ८ असार । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पत्रकारहरुको आन्तरिक समस्यालाई समाधान गर्न महासँघले बिशेष उपाय अपनाउनुपर्ने बताएका छन् ।
मोरङ, ८ असार । कानेपोखरी गाउँपालिका ७ छधारेस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
उदयपुर, ८ असार । कटारी नगरपालिका ४ मरुवा बस्ने लक्ष्मी राईलाई चक्कुले घाँटी रेटी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीया सीता राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रौतहट, ८ असार । लागूऔषध गाँजासहित दुई जनालाई रौतहट प्रहरीले जिल्लाको यमुनामाई गाउँपालिका ४ स्थित बम नहरबाट पक्राउ गरेको छ ।
सिरहा, ८ असार । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सुखिपुर नगरपालिका ८ सुखिपुर बजार बिद्यानगर बस्ने २५ वर्षीय रामदुलार यादव र २७ वर्षीय मनोज कुमार यादवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, ८ असार । धनगढी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सप्तरी, ८ असार । प्रदेश नं. २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साहले मधेश आन्दोलनको घाइते तथा शहीद परिवारलाई दुधालु भैंसी वितरण गरेका छन् ।
सिन्धुली, ८ असार । हरिहरपुरगढीलाई सिन्धुलीगढीसँग जोड्ने करिव ७५ किलोमिटर लामो पदमार्गको शनिबार औपचारिक रुपमा सुरु भएको छ ।
काठमाडौं, ८ असार । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्काय, डीन कार्यालयको सहयोग तथा सरस्वती बहुमुखी क्याम्पसको आयोजनामा “केश टिचिङ पाडागोजी” सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ ।
बाँके, ८ असार । नरैनापुर गाउँपालिका सदस्यहरू, वडा अध्यक्ष,सदस्य र यूवाहरुलाई स्थानीय सरकार र मानव अधिकार अनुगमन,दस्ताबेजीकरण र प्रतिबेदन लेखन विषयक तालिम शनिबारबाट नरैनापुरमा सुरु भएको छ ।
कैलाली, ८ असार । साझा पार्टीले आफ्ना शुभचिन्तक र सदस्यहरुबाट संकलित रकम तथा श्रमदान गरी केहि दिन अघिको हावाहुरीबाट कैलालीमा क्षति भएका ११ घरहरुको पुनर्निर्माण गरिदिएको छ ।
रुपन्देही, ८ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–६, कलोनीमा शनिबारराति बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
सप्तरी, ७ असार । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेशलाई समृद्ध बनाउन महिला सशक्तिकरण आवश्यक रहेको बताएका छन् ।
रौतहट, ७ असार । रौतहटको कटहरिया नगरपालिकाका उपप्रमुख नूर जहाँ खातुनले नगरप्रमुख एकहरो रुपमा बहुमतको दम्भमा नगरसभा गर्न लागेको आरोप लगाएकी छन् ।
मोरङ, ७ असार । विराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालय रानी विराटनगर आइसिवी भवनभित्र राखेको डब्लुबी २३ ए ८२५५ नम्बरको ट्रकमुनि खाना पकाउने क्रममा आगलागी भएको छ ।
बाँके, ७ असार । राप्ती सोनारी गाउँपालिका ७ स्थित सडकमा भे.७ प ४१८४ नम्बरको मोटरसाइकल अनिन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।