रुपन्देही, ६ असार । बुटवल उपमहानगरपालिका १२ नयाँगाउँस्थित एक कपास कारखानामा आगलागी हुँदा पाँच लाखभन्दा बढीको क्षति भएको छ ।
सप्तरी, ६ असार । अग्नीसाईर कृष्णासवरण गाउँपालिका १ घोघीदहस्थित पूर्वपश्चिम राजमार्गमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ्य मानसिकताबाट बच्न सबैले योग गर्नु पर्ने बताएका छन् ।
वीरगञ्ज, ६ असार । समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य प्रदिप यादवको विशेष पहलमा मधेश आन्दोलनका घाइते मन्सी पटेललाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको छ ।
रौतहट, ६ असार । गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले बिहीबार झुलुङ्गे पुलको शिलान्यास गरेका छन् ।
बारा, ६ असार । बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावित क्षेत्रमा ‘जनता आवास’ (बारा र पर्सा) कार्यक्रम सञ्चालनार्थ विभिन्न १२ स्थानहरुमा १२ वटा समूह बनाएर एकै पटक घर निर्माण गर्ने योजना अनुरुप मिति २०७६ बैशाख १४ गतेबाट नेपाली सेनाले गरिरहेको पुनर्निर्माणको कायममुकायम प्रधानसेनापति शरद कुमार गिरीले निरीक्षण भ्रमण गरेका छन् ।
वीरगंज, ६ असार । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ३ नगरदाहामा एक समारोहका बिच सडक तथा नाला शिलान्यास गरिएको छ ।
कपिलवस्तु, ६ असार । प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले व्यसायको विकासका लागि पूर्वाधार विकास रहेको बताएका छन् ।
धनुषा, ६ असार । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक हरि बहादुर पालले बिहीबार आयोजित एक कार्यक्रमवीच नगराईन नगरपालिका २ जटही टोलमा नवनिर्मित सीमा प्रहरी चौकी लग्मा जटहीको कार्यालय तथा व्यारेक भवनको उद्घाटन गरेका छन् ।
सर्लाही, ६ असार । लागूऔषध दुरुपयोग एवं ओसार–पसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा सर्लाहीमा सप्ताहव्यापी कार्यक्रम बिहीबारबाट शुरु भएको छ ।
सर्लाही, ५ असार । लालबन्दी नगरपालिका १ लखनदेहीस्थित जंगलको बाटोमा प्रहरीको जवाफी कारवाहीमा परी सर्लाही बागमती नगरपालिका २ बस्ने ४७ वर्षीय कुमार पौडेलको बिहीबार घटनास्थलमै मृत्यु भएको छ ।
झापा, ५ असार । कन्काई नगरपालिका ९ घैलाडुव्वास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट रु. १८ लाखभन्दा बढी चोरी भएको छ ।
बारा, ५ असार । निजगढ नगरपालिका ४ स्थित बकैया खोलाको बगरमा ना.२ त ८००६ नम्बरको ट्याक्टर खाल्डोमा खस्दा एक युवकको मृत्यु भएको छ ।
जनकपुरधाम, ५ असार । प्रदेश सरकारको “जनता आवास कार्यक्रम”अन्तर्गत मन्त्री जितेन्द्र सोनलले मुसहरहरुको ८० वटा घर निर्माणका लागि शिलान्यास गरेका छन् ।
लखनउ, ५ असार । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सिमानामा नेपालीहरुलाई कुनै पनि हालतमा दुःख नदिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सुरु गरिएको बताएका छन् ।
रुपन्देही, ४ असार । देबदह नगरपालिका १० चरंगे जंगलस्थित सडकमा बसमा मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ ।
बर्दिया, ४ असार । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६८ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
बारा, ४ असार । दोलखा घर भई हाल काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने भिम बहादुर कार्कीले बारा सिमौनगढ नगरपालिका वडा नम्बर ७ खजानी टोल बस्ने जियालाल महतो कोईरीलाई चरम यातना दिई करौडौ रुपैयाँको कपाली तमसुक गराएको कलैयामा सोमबार पत्रकार सम्मेलन गरि सो कुरा जानकारी दिएका छन् ।
रौतहट, ४ असार । रौतहट जिल्लाको राजदेवी नगरपालिकाभित्र पर्ने स्वास्थ्य चौकीमा औषधिको अभाव भएको छ । विगत केही दिनदेखि एक्कासी रुपमा बढेको अत्याधिक गर्मीको कारण जनजीवन कस्टकर भएको बेला स्थानीय स्वास्थ्य केन्द्रहरुमा औषधीको अभाव भएको छ ।
काठमाडौं, ४ असार । भारतको चन्दीगढ रोड हरियाणामा रहेको ओम स्टर्लिङ ग्लोबल युनिभर्सिटीले नेपाली विद्यार्थीहरुलाई विशेष छात्रावृत्ति दिने घोषणा गरेको छ ।
काठमाडौं, ३ असार । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा ईटलीको व्रिन्डीसीमा संचालित ‘युनाईटेड नेशन्स पुलिस ट्रेनिङ आर्किटेक्चर वर्कसप’मा सहभागी भई स्वदेश फर्केका छन् ।
महोत्तरी, ३ असार । सम्सी गाँउपालिका ७ बाट दुई जनालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ ।