काठमाडौं, १२ असार । लोकसेवा आयोगको विज्ञापनसम्बन्धी विवादमा सर्वोच्च अदालतमा सुनुवाई फेरि लम्बिएको छ । उक्त रीटमाथि बुधबारको सुनुवाई राज्य व्यवस्था समितिलाई सूचना नपुगेका कारण स्थगित भएको छ ।
वीरगन्ज, १२ असार । सोमबार देखि शुरु भएको पाचौ नगरसभामा वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष बर्ष २०७६/०७७ को लागि ४ अर्ब ४८ करोडको बजेट प्रस्तुत गरेको छ ।
बाँके, १२ असार । नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाहबाट अवैध लागूऔषध तथा नियन्त्रित लागूऔषध सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ, १२ असार । रिलायन्स पब्लिक स्कुलले इन्डो—नेपाल शिक्षक विद्यार्थी पारस्पारिक भ्रमणको दोस्रो संस्करण सम्पन्न गरेको छ ।
काठमाडौँ, १२ असार । नेपाल र भारतका चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच आपसी पहिचान सम्झौता (एमाआरए) हुने भएको छ ।
कैलाली, ११ असार । धनगढी उप–महानगरपालिकाले आगामी आव ०७६÷७६ का लागि १ अर्ब ५८ करोड ४ लाख ४८ हजारको बजेट प्रस्तुत गरेको छ ।
विराटनगर, ११ असार । विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षको ११ महिनामा लक्ष्यको आधा मात्र राजस्व असुली गरेको छ ।
रुपन्देही, ११ असार । तिलोत्तमा नगरपालिकाले एक अर्ब ५४ करोड ३९ लाख १० हजार रुपैंयाँको बजेट प्रस्तुत गरेको छ ।
रुपन्देही, ११ असार । सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को लागि ९० करोड ८५ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएको छ ।
दाङ, १० असार । चट्याङ लागेर दाङमा तीन बालकको मृत्यु भएको छ । मंगलबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर राप्ती गाउँपालिका ३ मौरीघाटका १३ वर्षका साजन चौधरी, ११ वर्षका रमित चौधरी र ११ वर्षकै बिनाश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रौतहट, १० असार । प्रहरी भ्यान दुर्घटना हुँदा दुई जना कैदीको मृत्यु भएको छ भने प्रहरीसहित ८ जना घाइते भएका छन् । गौर–चन्द्रपुर सडकखण्डमा प्रहरी भ्यान दुर्घटना भएको थियो ।
कैलाली, १० असार । कैलालीको भजनी नगरपालिका ७ चररा स्थित हिम्मतपुरबाट एपीएफ टोलीले करीब २ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवेयर र फेन्सीसामान बरामद गरेको छ ।
जलेश्वर, १० असार । मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले ब्रेन हैमरेज र प्यारालाइसिसबाट ग्रसित एक विरामीलाई उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।
कपिलवस्तु, १० असार । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घोषणा गरेको नेपाल बन्दमा कपिलवस्तु जिल्ला पूर्णरुपमा बन्द भएको छ ।
पर्सा, १० असार । वीरगंज महानगरपालिका ६ माईस्थानबाट हुण्डी कारोबारमा संलग्न ८ जनालाई नगद ४१ लाख ९२ हजार ९ सय रुपैयाँ र २ केजी ९० ग्राम चाँदी जस्तो देखिने वस्तु सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
दिल्ली, १० असार । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले भारतीय संसद (लोक सभा) का नवनिर्वाचित सभामुख ओम बिरलालाई बधाई ज्ञापन गरेका छन् ।
कपिलवस्तु, १० असार । बुद्धभूमी नगरपालिकाको स्वास्थ्यशाखाले नगरपालिका क्षेत्र भित्रकार्यरत महिला स्वास्थ्यस्वम सेवीकाहरुलाई विभिन्न साम्रगीवितरण गरेको छ ।
रौतहट, १० असार । गौर नगरपालिकाको चौथो नगर सभको पहिलो बैठक सम्पन्न भएको छ । नगर प्रमुख अजय कुमार गुप्ताको अध्यक्षतामा भएको पहिलो बैठकमा ४५ करोड ५७ लाख १ हजारको आयव्ययको प्रस्ताव प्रस्तुत गर्दै पहिलो बैठक सम्पन्न भएको हो ।
काठमाडौं, १० असार । नेपाली जलरंगकर्मीको प्रतिनिधित्व गर्दै सात जना कलाकारको अन्तर्राष्ट्रिय कला कार्यशालामा सहभागिता जनाएका छन् ।
कपिलवस्तु, १० असार । मायादेवी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गरेको छ ।
बाँके, ९ असार । मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप) को आयोजना र नरैनापुर गाउँपालिकाको आर्थिक सहयोगमा भएको मानव अधिकार अनुगमन,दस्ताबेजीकरण र प्रतिबेदन लेखन विषयक तालिम सम्पन्न भएको छ ।
रुपन्देही, ९ असार । बारा, महोत्तरी, रुपन्देहीमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ५९ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।