सिरहा , ८ साउन । सिरहामा विभिन्न घटनामा तीनजनाको मृत्यु भएको छ । अरु पाँचजना घाइते छन् ।
सिरहाको धनगढीमाई नगरपालिका–२ का ५६वर्षीया कुशमा खातुनको मृत्यु भएको छ । घरको वालभत्किँदा खातुनको मृत्युु भएको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।
सोही घटनामा परी ७१ वर्षीय रहिमान मियाँ, ६६वर्षीया जनकी खातुन र २१ वर्षीय सुभाष गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले जानकारी दिए ।
उनका अनुसार घाइेतहरुलाई लहान अस्पतालमा उपचार गराइएको छ ।
धान रोपाइँका लागि कोदालोले खेत सम्याइरहेको बेला चटयाङ लागेर अर्नामा गाउँपालिका–३ का २२ वर्षीया बिजुली महराको मृत्यु भएको छ । चट्याङकै कारण भगवानपुर गाउँपालिका–२ का ४० वर्षीया नगमा खातुन र नवराजपुर गाउँपालिका–१ करमनियाँका ७० वर्षीय रामविलाश ठाकुर घाइते भएको प्रहरी प्रवक्ता बोहराले जानकारी दिए ।
चट्याङ लाग्दा नगमा घरमै काम गरिरहेकी थिइन् भने रामविलाश खेतमा काम गरिरहेका थिए । उनीहरुको लहानमा उपचार भइरहेको छ ।
यस्तै सिरहा नगरपालिका–२ का ५२ वर्षीय विन्देश्वर महासेठको करेन्ट लागेर मृत्यु भएको छ । पानी तान्ने मोटर चलाइ नुहाएर मोटर बन्द गर्न जाँदा उनलाई करेन्ट लागेको थियो ।
उपचारका लागि जिल्ला अस्पतालमा ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ
तपाईको प्रतिक्रिया