मोरङ, ११ साउन । सुन्दरहरैचा नगरपालिका–१० स्थित खोर्साने चोकबाट सुनसरी धरान उपनगरपालिका–१७ बस्ने २८ वर्षीय बिमल श्रेष्ठलाई अवैध लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
उनलाई गाँजा करिब ४ ग्राम र लुप्रिजेसिक ९ एम्पुलसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरी चौकी विराटचोकबाट खटिएको प्रहरीले को.३३ प ६६३७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक श्रेष्ठलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया