नेपाल बैंकको शाखा बहादुरगंजमा

समाचार

8/5/2019

कपिलवस्तु, १९ साउन । नेपाल बैंक लिमिटेडको शाखा बहादुरगंजमा खोलिने बैंकका प्रदेशिक कार्यालय प्रमुख शेर्पाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

नगर प्रमुख रजत प्रताप शाहको प्रमुख अतिथ्यतामा नेपाल बैंक लिमिटेड कृष्णनगर शाखाले एक्सटेन्सन शाखा कृष्णनगर नगर कार्यपालिकाको कार्यालयमा विस्तार गरेको छ ।

कार्यक्रममा नगरप्रमुख शाहले राष्ट्रिय वाणिज्य बैंकको शाखा पुनस्र्थापनका लागि हामीले पटक पटक पहल गरेपनि आउन नसकेकोले नेपाल बैंककै शाखा भएपनि बहादुरगंज, जवाभारी, पत्थरदेईया, अजिगरा, उदयपुर, कुशहवा र महराजगंज लगायत सेवाग्राही,उद्योगी व्यापारी किसान तथा पेन्सनधारीहरुलाई सहज हुने बताए ।

सो कार्यक्रमका विशिष्ट अतिथि नेपाल बैंक प्रदेशिक कार्यालयका प्रमुख पसांङ्ग दोर्जे शेर्पाले वर्तमान अवस्थामा एउटा शाखा बहादुरगंजमा पनि आवश्यक रहेकोले नगरप्रमुख र व्यापारी उद्योगीहरुको अनुरोधमा तत्कालका लागि कृष्णनगर शाखाको एक्सटेन्सन खोलिनेछ ।

साथै शाखा स्थापनाका लागि आवश्यक प्रक्रिया पुर्याई अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी नेपाल बैंक लिमिटेडका कृष्णनगर शाखा प्रबन्धक सुरेन्द्र यादवले दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ