वडा अध्यक्षले सडकको इटा घरमा गरे प्रयोग

समाचार

8/5/2019

रौतहट, १९ साउन । रौतहट जिल्लाको परोहा नगरपालिका वडा नम्बर २ जिगाडियाका कार्यवाहक वडा अध्यक्ष तपिन्द्र यादवले बाटोमा सोलिंग गरेको इट उखालेर निजी प्रयोगमा लगाएको रहस्य खुलेको छ ।

निर्वाचित वडा अध्यक्ष कर्तव्य ज्यान मुद्दामा परेपछि कार्यवाहकको जिम्मेवारी पाएका नेकपा माओवादी पार्टीबाट निर्वाचित वडा सदस्य यादवले २०६७ सालमा जिल्ला विकास समितिको आर्थिक सहयोगमा बाटोमा गरिएको सोलिंगको ईटा लगि आफ्नो घरमा लगाएको कार्यपालिका सदस्य ब्रिज लाल हजराले आरोप लगाएका छन् ।

बाटो सोलिंगको उपभोक्ता समितिको अध्यक्ष समेत रहेका हजराले १ सय ५० मीटर सड़कमा इटको सोलिंग गरिएको दावी गरेका छन् । उनले नाला निर्माण तथा सडक ढलान गर्नु पर्ने भन्दै उक्त १८ हजार ईटा लगेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ