बाँके, २० साउन । कोहलपुर नगरपालिका–८ पिपिरी बस्ने ६२ वर्षीय भिम बहादुर वलीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।
कुवामा मोटर जोडेर खेतमा पानी सिँचाई गर्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका वलीको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया