वीरगंज, २० साउन । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी कुम्हालटोलको आयोजनामा वीरगंज महानगरपालिका वडा नं. १६ स्थित सनलाइट इंगलिस बोर्डिड्ड स्कुलमा ट्राफिक नियम सडक सुरक्षा सम्बन्धी प्रशिक्षण दिइएको छ ।
सो कार्यक्रम सामुदायिक सेवा केन्द्रका सदस्य इन्दिरा पोखरेलको सभापतित्वमा भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर र विशिष्ठ अतिथि ट्राफिक कार्यालयका पर्साका प्रहरी निरिक्षक राजकुमार सिंह रहेका थिए ।
सो स्कुलका १५० जना विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी र दुर्घटना न्युनिकरण सम्बन्धी पर्सा ट्राफिकका प्र्रहरी निरिक्षक सिंहले प्रशिक्षण दिएका थिए ।
तपाईको प्रतिक्रिया