कैलाली, २० साउन । धनगढी उपमहानगरपालिका–१३ मोहनपुरस्थित राजमार्गमा से.१ च ८२३ नम्बरको जिपले ना.३ स ५५६६ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
सोमबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका ५६ वर्षीय चनकलाल डगौराको सेती अञ्चल अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ ।
जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया