बर्दिया, १९ साउन । बाँसगढी नगरपालिका–५ हाउपुर चोकस्थित पूर्वपश्चिम राजमार्गबाट करिब ३ केजी यार्सागुम्बा प्रहरीले बरामद गरेको छ ।
आइतबार बिहान प्रहरीले सो यार्सागुम्बा बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा झोलामा राखेको उक्त यार्सागुम्बा फेला पारी बरामद गरेको हो ।
तपाईको प्रतिक्रिया