लागूऔषधसहित लोहार पक्राउ

समाचार

8/4/2019

बर्दिया, १८ साउन । गुलरिया नगरपालिका–५ बाट अवैध लागूऔषध ब्राउनसुगर ७ ग्राम ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१ छेदापुर बस्ने १९ वर्षीय बिनय लोहारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भे.६ प १७५९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ