रुपन्देही, १९ साउन । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा (राजश्व तथा भन्सार सुरक्षा) रुपन्देहीको एपीएफ टोलीले करीब ६ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको एउटा यात्रुबाहक बस समेत बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।
कपिलवस्तु, १९ साउन । नेपाल बैंक लिमिटेडको शाखा बहादुरगंजमा खोलिने बैंकका प्रदेशिक कार्यालय प्रमुख शेर्पाले प्रतिबद्धता व्यक्त गरेका छन् ।
रौतहट, १९ साउन । रौतहट जिल्लाको परोहा नगरपालिका वडा नम्बर २ जिगाडियाका कार्यवाहक वडा अध्यक्ष तपिन्द्र यादवले बाटोमा सोलिंग गरेको इट उखालेर निजी प्रयोगमा लगाएको रहस्य खुलेको छ ।
बर्दिया, १९ साउन । राजापुर नगरपालिका–७ बस्ने हरी चरण चौधरीको घरमा आगलागी हुँदा साढे नौ लाखभन्दा बढीको धनमाल नष्ट भएको छ ।
बर्दिया, १९ साउन । बाँसगढी नगरपालिका–५ हाउपुर चोकस्थित पूर्वपश्चिम राजमार्गबाट करिब ३ केजी यार्सागुम्बा प्रहरीले बरामद गरेको छ ।
सुनसरी, १९ साउन । होटलमा काम लगाइदिने भन्दै दुई किशोरीलाई यौनधन्दामा लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही, १९ साउन । आर्थिक अभाव झेल्दै आइरहेका मुसहर तथा अतिविपन्न डोम, चमार, धोबी समुदायका २८ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा वर्षभरि पुग्ने स्टेशनरी वितरण गरिएको छ ।
काठमाडौं, १९ साउन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता तथा प्रतिनिधिसभा सदस्य महन्थ ठाकुर भारतको राजधानी नयाँदिल्ली पुगेका छन् ।
काठमाडौं, १९ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँचदिने दुबईको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता भएका छन् ।
रुपन्देही, १९ साउन । दासढुंगा दुर्घटनामा ज्यान गुमाएका तत्कालीन नेकपा एमालेका नेता जीवराज आश्रितको जीवनीसँग जोडिएका वस्तुहरुको संग्रहालय बुटवलमा सञ्चालन भएको छ ।
वीरगन्ज, १८ साउन । वीरगन्ज महानगरपालिकाको वडा नं. ११ रानीघाट स्थित मुन्ना ज्वेलर्समा शुक्रबार राती चोरी भएको छ ।
बर्दिया, १८ साउन । गुलरिया नगरपालिका–५ बाट अवैध लागूऔषध ब्राउनसुगर ७ ग्राम ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१ छेदापुर बस्ने १९ वर्षीय बिनय लोहारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
दाङ, १८ साउन । बङ्गलाचुली गाउँपालिका–४ मुल तापा बस्ने ३० वर्षीय शिब बहादुर बिकलाई कटुवा पेस्तोल १ थान सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी, १८ साउन । ईटहरी उपमहानगरपालिका–२० पानीपियास्थित सडकमा ना.२ च ६६८९ नम्बरको जिपले को.२९ प ४१९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
चितवन, १८ साउन । भरतपुर महानगरपालिका–२९ स्थित सडकमा ना.८ ख २२८४ नम्बरको ट्रक र लु.४२ प ६५४२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको छ ।
सप्तरी, १८ साउन । डाक्नेश्वरी नगरपालिका–१० बनौली बस्ने मिश्रीलाल यादवको घरमा लामखुट्टे धपाउन बालेको घुरबाट आगलागी भएको छ ।
रौतहट, १८ साउन । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक पप्पु नायकले अपराधीहरु दूलोभित्र पस्ने गरेको दाबी गरेका छन् ।
काठमाडौं, १७ साउन । नेपालको व्यापार घाटा चुलिँदै गएको अवस्थामा नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
काठमाडौं, १७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक प्रकोपबाट पीडितहरुको उचित व्यवस्थापनका लागि सरकार गम्भिर रहेको बताएका छन् ।
पर्सा, १७ साउन । बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठा चौकस्थित मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
रुपन्देही, १७ साउन । सैनामैना नगरपालिका–१० सालझण्डीस्थित अर्घाखाँची साज महल होटल एण्ड लजबाट भालुको छाला १ थान, पित्त २ थान र दाँत २ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहट, १७ साउन । विभिन्न ठाउँबाट शंकास्पद रुपमा पक्राउ परेका सवारी साधनहरु कारबाहीका लागि जिल्ला भन्सार कार्यालयमा पठाइएको छ ।
इमरान खान, कपिलवस्तु, १६ साउन । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा स्थानीय एक नेता माथि गोली प्रहार भएको छ । गाउँपालिकाको वडा नं ३ सुसरीया पूल निर बिहिवार दिउँसो २ बजेको समयमा स्थानीय समाजबादी पार्टीका नेता माथि गोली प्रहार भएको बताइएको छ ।