काठमाडौं, २९ साउन । लोकसेवा आयोगले निकालेको विज्ञापन समावेशी नभएको भनेर विगत केही समयदेखि काठमाडौंको माइतिघरमण्डला लगायतका स्थानमा विभिन्न जातीय संघसंस्थाले विरोध तथा प्रदर्शन गर्दै आइरहेका छन् ।
यसै क्रममा बुधबार पनि बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि आरक्षण बचाऔँ आन्दोलनको अगुवाइमा विभिन्न सांस्कृतिक कार्यक्रमको साथ धर्ना र प्रदर्शनमा गरिएको छ ।
नेपाल अदिवासी जनजाति महासंघ, दलित गैरसरकारी संस्था महासंघ, तराई मधेश राष्ट्रिय परिषद् लगायत विभिन्न जातीय संघ संस्थाहरुले देशैभर लामो समयदेखि लोकसेवा आयोगको असमावेशी विज्ञापन विरूद्ध आन्दोलन गर्दै आएको छ ।
विज्ञापनले समानुपातिक समावेशितालाई नै खतरामा पुर्याएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
बुधबारको कार्यक्रममा नृत्य, कविता वाचनको साथ ओली सरकार मुर्दावाद, समानुपातिक समावेशी कायम गर, असमावेशी विज्ञापन खारेज गर, लालबाबु पंडित मुर्दावाद आदी नाराहरू गितको माध्यमबाट गाएर धर्ना कार्यक्रम सम्पन्न भएको छ ।
यसै क्रममा तराई मधेश राष्ट्रिय परिषद सदस्य राजु महतोले जोशीला भाषण पनि दिएका थिए भने मुश्लिमको तर्फबाट कौशर साहले आफ्नो मांग पुरा नभए आन्दोलन अझ शसक्त बनाउने भनाईको साथ कार्यक्रम समापन गरेका थिए ।
आरक्षण बचाऔं आन्दोलनले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रम अनुसार यहि साउन ३२ गते माइतीघर मण्डलामा विशाल जनप्रदर्शन गरिने कार्यक्रम रहेको आन्दोलन परिचालन समितिका सदस्य सरोज रायले जनाएका छन् ।
तपाईको प्रतिक्रिया